उपचारको क्रममा रहेका दुई कैदीबन्दी फरार

इनेप्लिज २०७९ असोज १५ गते १९:३२ मा प्रकाशित

विराटनगर,१५ असोज । क्षयरोगको उपचारमा रहेका दुई कैदीबन्दी आज विहान फरार भएका छन् ।

नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा–७ मा उपचारको क्रममा रहेका झापा जिल्ला सरणामतीका २८ वर्षिय राजकुमार हेमरम र सोही जिल्ला विर्तामोडका २८ वर्षिय मन्जिल गुरुङ फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

क्षयरोग लागेपछि उपचारका लागि जिल्ला कारागार मोरङले वुझिलिएर क्षयरोगमा भर्ना भएका हेमरम र गुरुङ शनिवार विहान फरार भएका हुन् ।

हेमरम जबरजस्ती करणी मुद्धाका १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागुऔषध मुद्धामा पुर्पक्षका लागि कारागार चलान गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदीबन्दीहरुलाई सीमा नाका सहित अन्य स्थानमा खोजवीन गर्ने कार्य तीव्र बनाएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनु भयो । कैन्दीहरुको सुरक्षामा खटिएका दुई जना प्रहरी माथि आवश्यक सोधपुझ एवं छानवीन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया