गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति(आइसीसी)का अध्यक्ष रबिना थापाले अक्टोबर २ देखि ६ महिनासम्म संस्थाको नेतृत्व सम्हाल्ने भएकी छिन ।
यसरी एनआरएनए अभियान र संस्थालाई हाक्ने जिम्मेवारी आफ्नो काँधमा लिने रबिना थापा ईतिहासमै नेतृत्व लिने पहिलो महिला हुने भएकी छिन ।
स्थापना काल देखि केवल पुरुषहरुले मात्र नेतृत्व गर्दै आएकोमा गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले बिशेष परिस्थितिमा उनि लगायत अन्य २ उम्मेदवारहरु पनि पालैसँग नेतृत्व लिने कुरामा सहमत भए पछि रबिना थापाले अक्टोबर २ देखि अर्को ६ महिना सम्मको लागि नेतृत्व लिने छिन । आज देखि दिन सुरु भएको छ ।
)
गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले अमेरिकाकी रविना थापा , रुसका बद्री केसी (विद्या वारिधि) र बेलायतका कुल आचार्य सहित तीन जनाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको थियो ।
करिब ६ महिना सम्म चलेको विवादै विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न असमर्थ भए पछि एनआरएनएले निकास दिने उपायको खोज गदै अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको थियो ।
तिन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको थियो । अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।
म्य्गादी घर भै जापान हुदै अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकी थापा बाल्टिमोरकै बानाकी पूर्व अध्यक्ष ,गैर आवासीय नेपाली संघ अमेरिकाकी पूर्व उपाध्यक्ष ,अघिल्लो एनआरएनए अन्तर्राष्ट्रियको उपाध्यक्ष समेत रहेकी रबिना थापाको आज देखि हुने नेतृत्वलाई निकै सकारात्मक रुपमा हेरिएको छ । उनले थुप्रै महत्वाकांक्षी कार्ययोजना तथा लक्ष्य लिएर आएकी छिन । आफू नेतृत्वमा नभएता पनि सँस्थालाई सक्रिय रुपमा आचार्यलाई समेत सहयोग गरेकी छिन ।
संघ/संस्था र अझ एनआरएनए अभियान राम्रोसंग बुझेकी रबिनाको नेतृत्व प्रति आस्था राख्दै एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा सर्वाधिक मत प्राप्त गरेकी थिइन् । साथै अघिल्लो एनआरएनएको निर्वाचनमा उपाध्यक्ष पदमा पनि सबैभन्दा बढि मत ल्याएर बिजयी भएकी थिइन् । उनको लोकप्रियता बिश्व भरि निकै राम्रो भएको र अब उनले नेतृत्व लिए पछि ६ महिनामा उनले निकै मेहनत र काम गर्ने अपेक्षा गरिएको छ ।
एनआरएनए अमेरिकामा उनले अध्यक्ष पदमा उम्मेदवार दिएकी थिइन् तर उनि पराजित नभई विभिन्न प्रपन्च ,षडयन्त्र र छद्मभेषीको जालझेलबाट उनी पराजित भएको नाटकीय निर्वाचन नतिजा ल्याईयो । विवादै विवादको भूमरीमा परि धेरै महिनासम्म त्यो विवाद समाधान हुन् सकेन । यो अमेरिकाको लागि तितो सत्य हो ।
रबिनाले सँस्थालाई केही योगदान गर्ने र महिला नेतृत्व हुनु पर्छ भन्दै अमेरिकामा मात्र आफूलाई सीमित राखीनन । उनले एनआरएनए आईसीसीमा उम्मेदवार दिए पछि उनको लोकप्रियता र उनले नेतृत्व लिने कुरामा कसैले शंका नगरी उनि उपाध्यक्षमा शानदार बिजयी हुदै अन्तत्वगत्वा एनआरएनए आईसीसीको अध्यक्षको रुपमा जिम्मेवारी लिने क्षमता राख्दै जिम्मेवारी लिने छिन ।
रबिना थापा जीको कार्यकाल सफल बनोस र नेतृत्वले ईतिहास रचोस भन्दै ईनेप्लिज परिवार शुभकामना व्यक्त गर्दछ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया