बिजुलीको खम्बा नेट र केवलको खम्बा भएको छ

इनेप्लिज २०७९ असोज १३ गते २२:१५ मा प्रकाशित

विराटनगर, १३ असोज(रासस): विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ ।

महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईँहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ,” प्रमुख कोइरालाले भत्रुभयो, “ तपाईँहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नुस् नभए हामीले तारलाई काट्छौँ ”

जतात्यतै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सौन्दयर्तामा मात्र होईन कहिले काँही आगलागीको समस्या पनि देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गर्नुभयो ।

जथाभावी लत्रिएका तारलाई सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इन्जिनियर अनिल सिंहले महानगरको तर्फबाट जिम्मेवारी तोकिएको छ ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भत्रुभयो, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि कम्परमाइज हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताउनुभयो । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उहाँको भनाइ थियो ।

“तपाईं केवल र नेट व्यवसायीहरुले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौँ,” अधिकृत कोइरालाले भत्रुभयो ।

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भाइनेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताइकएको छ ।

म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् र काम लाग्ने तार ४० प्रतिशत मात्रै छन् भत्रुभयो ।

एउटै पोलमा विभित्र किसिमका तारहरु तात्रे परम्पराले बिजुलीको खम्बा नभएर केवल र नेटको खम्बा जस्तो भएको छ यसमा सबैको ध्यान जानु जरुरी देखिएको छ ।

प्रतिक्रिया