जसपाका निवर्तमान उपाध्यक्ष कार्कीद्धारा पार्टी परित्याग घोषणा

इनेप्लिज २०७९ असोज १२ गते २१:५० मा प्रकाशित

विराटनगर,१२ असोज ।

मोरङ,१२ असोज (रासस): जनता समाजवादी पार्टी नेपालका निवर्तमान उपाध्यक्ष एवं कार्यकारिणी सदस्य युवराज कार्कीले बुधवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी परित्याग गरेको घोषणा गर्दै । कार्कीले अव नयाँ पार्टी निर्माण गर्ने जानकारी दिनु भयो । तस्बिर : मनोज दाहाल ÷रासस

जनता समाजवादी पार्टी नेपाल (जसपा)का निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीले आज पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ।

कार्कीले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अन्य केन्द्रीय सदस्यहरु,राष्ट्रिय परिषद सदस्य,महिला केन्द्रीय सदस्य र जिल्ला नेतागरी १० जनाले पार्टी परित्याग गरेको जानकारी दिनु भयो ।

पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु मित्र चापागाई, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्यहरु खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा,चन्द्रा कार्की र भोजपुरका जिल्ला नेता किरण विष्टले रहेको घोषणा घोषणा गर्नु भएको छ।

नेतृत्वले खस आर्यप्रति प्रतिशोधपूर्ण पूर्वाग्राही व्यवहार गरेको र पार्टी परिचालनको कार्यशैली अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्ति हावी भएको परित्यागको घोषणा गर्न वाध्य भएको नेता कार्कीले बताउनु भयो ।

जसपासँग एकीकरण हुनुअघि नेता कार्की खस समावेशी राष्ट्रिय पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया