प्रदेश नं १ मुख्य न्यायाधिवक्ता राई सपथ ग्रहण

इनेप्लिज २०७९ असोज ९ गते ९:४४ मा प्रकाशित

विराटनगर,९ असोज(रासस):प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता परिवर्तन राईलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज सपथ ग्रहण गराइयो ।

मोरङ,९ असोज (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री राजेन्द्रकुमार राई,सभामुख प्रदीपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आइतवार प्रदेश मुख्यन्यायाधिवक्त्ता परिवर्तन राईको सपथ ग्रहण समारोहमा उपस्थित हुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा(२)बमोजिम प्रदेश मुख्य न्यायाधिवक्ता पदमा नियुक्ति गर्नु भएको हो ।

मोरङ,९ असोज (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री राजेन्द्रकुमार राई,सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आइतवार प्रदेश मुख्यन्यायाधिवक्त्ता परिवर्तन राईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधिश सत्यमोहन जोशी थारु । तस्बिर : मनोज दाहाल ÷रासस

मुख्य न्यायाधिवक्ता राईलाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

मोरङ,९ असोज (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री राजेन्द्रकुमार राई,सभामुख प्रदीपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आइतवार प्रदेश मुख्यन्यायाधिवक्त्ता परिवर्तन राईको सपथ ग्रहण समारोहमा उपस्थित हुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ्ग, मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी , सामाजिक विकासमन्त्री राजन राई, प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली , प्रदेश कार्यालयका कर्मचारीहरुले नव नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई वधाई तथा सफल कार्यकालको उपकामना दिनु भएको थियो ।

प्रतिक्रिया