साहारा नभएकाको साहारा बन्दै साझाघर

जितेन्द्र थापा २०७९ असोज ८ गते ९:२९ मा प्रकाशित

जितेन्द्र थापा,

सुर्खेत । दैलेख तल्लो डुङ्गेश्वरकि भगवती वादी आमाबुबालाई चिन्ने भएकिनै थिइनन् । सानैमा बुबा गुमाइन् । आमाबुबा दुबैको अनुहारको जुल्कोसमेत देख्न पाइनन् ।

बुबाको मृत्युपछि आमा अर्का पोइल हिडिन् । साहारा दिने आमा पनि अर्कैको पोइल हिडेपछि उनको साहारा भन्ने कोही भएनन् । दैलेखको डुङ्गेश्वर बजारमा दिनरात सडकमा मागेरै पेटको आगो बुझाउथिन् । तल्लो माल्लो घरको दिदिभिनाले साझा घर संचालनमा आएको सुनेर साझा घरलाई खबर गर्दा साझा घरले उद्धार गर्यो ।

साझा घरले उद्धार गरेपछि अहिले खान बस्न र राम्रो शिक्षा समेत पाएकि छन् । राम्रो लगाउन र आमाबुुबाको माया साझाघरले दिएको छ । पहिले आमाबा कस्ता थिए राम्रोसँग देख्नै पाइन अहिले साझाघर पुगेपछि आमाबुबाले भन्दा धेरै माया पाएको उनी बताउँछिन् ।

त्यस्तै, कालिकोटको मिनबहादुर नेपालीका पनि ८ वर्षका भए । आमाबुबाको राम्रोसँग माया नपाउँदै आमाको स्वर्गबास भयो,बुबा कालोपहाडबाट कहिलेही घर नर्फकिने गरेर उतै हराए । गाउँमा उनको विचल्ली भयो । केही दिन आफन्तले राखेपनि पछि घरबाटै निकालिए पछि कर्णाली राजमार्गको छेउमा मागेर गुजारा चलाउने गरेका थिए । साझा घरले उद्धार उनका दिनहरु सहजै रुपमा साझा घरमा बसेका छन् ।

यस्तै सुर्खेतका आशिस मुल १२ वर्षको भए । शारिरिक मानसिक अपाङ्ग छन् । उनका पनि आमा बुबाकै मृत्युपश्चात् आफन्तले साझाघरको जिम्मा लगाए ।


सडकमा रहेका बेसहाराहरूको आश्रमको व्यवस्था गर्दै आएको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको साझा घर नेपाल बेसहाराको सहारा बनेको छ । सडकमा रहेका आमाबुबा कोही नभएका फरक पहिचान भएका व्यक्ति, बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरूको साझा घर नेपालले सहारा दिदै आएको छ । पहिले वीरेन्द्रनगर ९ लाटिकोइलीबाट सेवा दिद आएको थियो ।

सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका र बेसहारा मानिसलाई उचित वासस्थान र उनको परिवारसम्म मिलन गराउने उद्देश्यले संचालनमा आएको साझा घरका अध्यक्ष भिम विश्वकर्मा बताउँछन् ।

उनका अनुसार साझा घरले अहिले २७ जना बालिका र ४२ जना बालक गरि ६९ जना वालिकालाई आश्रय दिदै गास बास र कपासको व्यवस्था गरेको र अभिभावकको भुमिका निर्वाह गर्दै आएको छ ।

एकछाक बाट एकमुठिदान साझा घर नेपालको अभियान भन्ने उदेश्य बाट सन्चालित साझा घरमा तीन जना स्वयमसेवीले हाल काम गरिहेरहेका छन् ।
हामी सडकमा रहेका बेसहारालाई घरसम्म पु¥याउने र आमाबुबा नभएका बालवालिकालाई साझाघरमा राखेर गास,बास,शिक्षादिक्षाको व्यवस्था गर्ने उद्देश्यसहित २० चैत २०७५ मा १५ साझाघरको स्थापना भएको अर्का स्वयम्सेवी तपेन्द्र विकको भनाई छ । उनले भने, ‘हामीले यहाँ सहयोग जुटाएरै बेसहारालाई खाने बस्नेको व्यवस्था गरेका छौं ।

सुरूमा संचालन गर्दा ३२ जना बेसहारा बालबालिका, मानसिक सन्तुलन गुमाएका र फरक क्षमता भएका व्यक्ति राखिएको भए पनि अहिले आश्रममा २७ जना बालिका र ४२ बालक गरि ६९ जनाको अभिभावकत्व निर्वाह गरेका छौँ ,बिकले भने,‘अहिलेसम्म ९ जनालाई घरपरिवारसँग मिलन गराइसकेको छ ।
अझै खान–बस्न समस्या साझा घर नेपालमा संचालनमा आएपछि सुरुवाती दिनमा निकै अप्ठेरो थियो । सडकमा रहेका बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरूलाई राख्दा पहिले निकै अप्ठेरो भएपनि सहयोगि हातहरु जुट्दा केही रुपमा समस्या टरेको छ ।

‘कुनै तहबाट ठूलो सहयोग छैन । कुनै सहयोगी मनहरू जन्मदिनको उपहारमा खाद्यान्न, लत्ताकपडालगायतका सामान दिन्छन,’ उनले भने, ‘घर भाडामा लिएका छौं महिनाको ८० हजार भाडा तिर्छौँ ।

प्रतिक्रिया