आफ्नो देशमा म फर्केर………

गोबिन्द राज ओझा (राजन) २०७९ असोज ५ गते ९:३४ मा प्रकाशित

आफ्नो देशमा म फर्केर आउने छु प्रिय

तिम्रो सिउँदोमा रातो सिन्दुरले भर्नेछु प्रिय     

बिछोडको पिडा सहन गाह्रो भयो होला तिमिलाई      

चाडै आफ्नो देश फर्कनेछु साथमा बसौला रमाई रमाई

बेहुली बनाई लैजान्छु तिमिलाई त्यो गाउँ बाट भगाएर   

रहर थिएन बिदेश जाने  गएको थिए  बाध्य भएर

विश्वास छ तिम्रै त्यसैले सपना साचेर बसेको छु यहाँ

सिन्दुरले भर्छु मैले मेरा यि हातले तिम्रो सिउँदोमा

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी, नेपाल       

प्रतिक्रिया