नोभेम्बरमा मह जोडीद्वारा सिनेटरहरुको सम्मान गरिने!
समता ग्लोबल सिनेट गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुऱ्याउनका लागी अमेरिकामा स्थापित गैह्र-नाफामूलक संस्था हो। यो संस्थाले नेपालको समता स्कूल मार्फत विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा योगदान गर्दैआएको छ। नेपालमा हास्य-व्यंङ्ग्य र समाजसेवा मार्फत लोकप्रियताको शिखरमा रहनुभएका कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य यस संस्थाका संरक्षक हुनुहुन्छ।
समता स्कुलले विगत २२ बर्षदेखि नेपाल भरि विभिन्न जिल्लामा गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई स्तरिय शिक्षा दिदै आएको छ। यस विद्यालयको सहयोग एवं विद्यालयको चौतर्फी विकासको लागी नेपाल र नेपाल बाहिर रहेका शिक्षाप्रेमीहरुलाई सिनेटले सदस्य बन्न आव्हान गरेको छ।
“हामी आकासबाट झरेका होइनौं!“ मातृऋण तिर्न आव्हान गर्दै सिनेटका अध्यक्ष प्रा. डा. उत्तम गौलीले भन्नुभयो। “हाम्रो जन्मभूमि प्रति हाम्रो मातृऋण छ। सिनेटमा जोडिएर बालबालिकाको पढाईमा योगदान गर्दै देश बनाउन मदत गर्नु हाम्रो परम कर्तव्य हो।”
विदेशमा रहेका नेपालीहरुले तीन प्रकारले सहयोग गर्न सकिने कुरा प्राध्यापक गौलीले बताउनु भयो।
कसरी सहयोग गर्ने?
१. समता सिनेटर बनेर
समता सिनेटरमा हुनु भनेको मातृभूमि, समाजसेवा र शिक्षाप्रतिको समर्पणभावको प्रतिवद्धता हो। समता सिनेटरको उपाधी प्राप्त गर्नका लागी विस्तृत प्रकृया पूरा गर्नुपर्छ। समता ग्लोबल सिनेटको वेभसाइटमा रहेको अनलाईन फाराम भरे र स-शुल्क निवेदन दर्ता गरेपछि उक्त प्रकृया शुरु हुन्छ।
२. बृहत सुशोभन तथा सॉंस्कृतिक समारोहमा भाग लिएर
यस समता ग्लोबल सिनेटको आयोजनामा आगामी नोभेम्बर ५ देखि २० तारीख़ सम्म अमेरिकाको विभिन्न शहरहरुमा बृहत सुशोभन समारोह एवं साँस्कृतिक साँझको आयोजना हुदैछ। यो समारोह समता सिनेटरहरुको सम्मानमा आयोजना गरिएको हो। संस्थाका संरक्षकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), समता सकुलका संस्थापक उत्तम संजेल र विशिष्ट सामाजिक विद्वत व्यक्तित्वहरुको उपस्थितिमा हरेक सिनेटरलाई सुशोभित गरी सिनेटरको उपाधी प्रदान गरिने उक्त कार्यक्रममा मह जोडीको साथै रामकृष्ण ढकाल लगायतका कलाकारहरुको बेजोड़ मनोरंजनात्मक प्रस्तुति रहनेछन। समता ग्लोबल सिनेटको बेभसाइटबाट अनलाईन टिकट उपलब्ध छन। स्थानीय रुपमा पनि टिकट उपलब्ध गराइने कुरा सिनेटले जनाएको छ।
३. अनलाईन डोनेसन गरेर
नेपाली रु. १०० प्रति महिना शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेर समता स्कूलले राष्ट्रलाई ठूलो गुन लगाएको छ। समता ग्लोबल सिनेट को वेबसाइटमा जुनसुकै बेला अनलाईन डोनेशन गर्न सकिनेछ। आफ्नो जन्मदिन, बैवाहिक वर्षगाँठ, लगायतका विशेष दिनमा चन्दा दान गर्न चाहनेले सिनेटको वेभसाइटबाट सीधै अनलाईन डोनेट गर्न सकिने जनाइएको छ।
यदि कसैले कुनै विद्यालय नै एडोप्ट गर्न चाहनुभएमा वा अन्य विशेष प्रकारले सहयोग गर्ने चाहना भएमा समता ग्लोबल सिनेटको इमेल [email protected] मा जानकारी गराउन अनुरोध गरिएको छ।
समता सिनेटर भनेको के हो?
समता सिनेटर एक उपाधि हो, जो जसले गरेको कार्यमा समभावको प्रतिबद्धता (Commitment to Equity) छ त्यो प्रमाणित भएपछि समता ग्लोबल सिनेटले उपाधी प्रदान गर्नेछ। यो सिनेटरको उपाधी प्राप्त गर्न अमेरिकी $ १,००० डलर शुल्क सहीत सिनेटको वेभसाइटमा रहेको अनलाईन निवेदन दिनुपर्नेछ।
समभावना प्रतिको प्रतिबद्धता (Commitment to Equity) प्रमाणित भएका सिनेटरलाई बृहत शुशोभन समारोहका बीच समता सिनेटरको उपाधी प्रदान गरिनेछ। सिनेटको उपाधी प्रदान गर्ने स्वतंत्र शिक्षाप्रेमीहरुको समिति हुनेछ। समितिका सदस्यहरुको नाम गोप्य रहनेछ।
पिन, प्रमाणपत्र, महजोडीको उपस्थितिमा समता स्कूलका प्रिन्सिपल श्री उत्तम संजेलको हातबाट विशेष सुशोभन समारोहका बीच प्राप्त हुनेछ। सुशोभन समारोह बर्षमा एक पटक अमेरिकाको विभिन्न शहरहरुमा हुनेछ।
यो समता सिनेटरको उपाधी कुनैपनि व्यक्तिले प्राप्त गरेपछि जीवनपर्यन्त उहॉंको नामसंगै जोडिनेछ। जस्तैः समता सिनेटर श्वेता खरेल, समता सिनेटर ललिता गौली, समता सिनेटर अनिता खड्का, समता सिनेटर कुमार सिंह डाङ्गी, समता सिनेटर गोपेन्द्र भट्टराई, समता सिनेटर बेद खरेल, समता सिनेटर चरूण प्रसाईं, समता सिनेटर श्याम कडरिया।
समता स्कूलका सार्वजनिक कार्यक्रमहरुमा समता सिनेटरहरुले अग्र स्थान पाउनेछन। हरेक समता सिनेटरले समता स्कूलका गतिविधिहरुको अपडेट “समता सूचक” सार्वजनिक हुनुभन्दा पहिला प्राप्त गर्नेछन। समता स्कूलको बिकास र उन्न्यन का लागी दिशानिर्देशमा महत्वपूर्ण निर्णयहरु लिनुपर्ने भएमा सर्वप्रथम समता सिनेटको राय-सुझाव लिइनेछ। यस्तो राय-सुझावहरु बिद्युतीय माध्यमबाट संकलन गर्न सकिनेछ। सुझावहरुको समग्रताको आधारमा विद्यालयले अन्तीम निर्णय लिनेछ।
समता सिनेटर किन बन्ने?
समता सिनेटर कसरी बन्ने?
समता ग्लोबल सिनेट को वेबसाइट (https://samataglobalsenate.org/) मा गएर अनलाईन फाराम भरेपछि प्रकृया शुरु हुन्छ। सन २०२२ भरीको लागि सिनेटर निवेदन शुल्क एक हज़ार अमेरिकी डलर राखिएको छ। सन २०२३ देखि उक्त शुल्क बढेर पॉंच हज़ार डलर हुनसक्ने संभावना सिनेटका अधिकारीहरुले बताए।
हाल आर्थिक अभावका कारण सहयोग गर्न नसक्नेले पनि समता ग्लोबल सिनेट को फ़ेसबुक पेज लाइक गरेर सहयोग गर्न सकिने जनाइएको छ।
https://www.facebook.com/SamataGlobalSenate/
प्रतिक्रिया