सधै भरिलाई साथ तिम्रो  ………….

इनेप्लिज २०७९ असोज १ गते ०:५४ मा प्रकाशित

सधै भरिलाई साथ तिम्रो  मुटु भरिको माया

जता गए पनि रोकिने छैन प्रिय तिम्रो छाया         

पर थियौ  बोलाए पनि तिमिले सुनेनौ

बिरामि भएकि रहेछौ केहि शब्द बोलिनौ

मन दु:खि हुदा तिमिले मलाई साथ दिन्थ्यौ

तिमिले साथमा बसि यो मन खुसि बनाउथ्यौ

तिमिले  अस्पताल जाउ प्रिय चेकजाच गराउ

डाक्टरको सल्लाह अनुसार औषधि खाउ

भोको पेट हुदा प्रिय खाना खान लैजान्थ्यौ

सधै भरि तिमिले मलाई साथ दिने गर्थ्यौ

सधै भरी यसै गरी पाउ तिम्रो माया

जता गए पनि रोकिने छैन प्रिय तिम्रो छाया    

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल          

प्रतिक्रिया