रुसले युक्रेनको दोश्रो ठूलो शहर फिर्ता लिए पछि खार्किभ क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा

इनेप्लिज २०७९ भदौ २६ गते १२:०१ मा प्रकाशित

रुसले युक्रेनको खार्किभ क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले शनिबार युक्रेनको पूर्वी खार्किभ क्षेत्रका दुई क्षेत्रहरूबाट सेना फिर्ता गरिरहेको घोषणा गरेको छ ।

युक्रेनी सेनाको भीषण आक्रमण गरेको र आफ्नो भूमि फिर्ता लिएको समाचार बाहिर आए पछि रुसले घोषणा गरेको हो ।

युक्रेनले देशको दोस्रो ठूलो शहर खार्किभको दक्षिणमा गरेको स्पष्ट प्रगतिको केही दिनपछि यो समाचार आएको हो जुन युक्रेनी सेनाका लागि सबैभन्दा ठूलो रणभूमि सफलता हो ।

सात महिनाको युद्धमा रुसले कीभको राजधानी कब्जा गर्ने रूसी प्रयासलाई विफल पारेका थिए।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले शनिबार बालाक्लिया र इज्युम क्षेत्रबाट पुन नयाँ टोली बनाइने र युक्रेनको डोनेट्स्क क्षेत्रमा सेना परिचालन गरिने बताए ।

खार्किभ क्षेत्रमा इज्युम रुसी सेनाले जरो गाडेका थिए अर्थात् उनीहरुले प्रमुख आधार क्षेत्र स्थापित गरेका थिए । र यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा प्रकाशित अङ्किय दृश्य(भिडियो)हरूले युक्रेनी सेनाहरू भित्र पसेपछि बालाक्लियाका बासिन्दाहरू खुसीसाथ हर्षोल्लास गरिरहेको देखाइएको थियो।

रुसले सार्वभौम घोषणा गरेको पूर्वी युक्रेन क्षेत्र मध्येको एक डोनबासलाई मुक्त गर्न विशेष सैन्य कारबाहीका तोकिएका लक्ष्यहरू हासिल गर्न रुसी कदम चालिएको कोनाशेन्कोभले बताए।

युक्रेनी अधिकारीहरूले शनिबार खार्किभ क्षेत्रमा रुसी सेनाहरू विरुद्धको प्रति कारवाई(काउन्टर-ऑफेरेसन)मा ठूलो उपलब्धि भएको दाबी गर्दै युक्रेनी सेनाहरूले इज्युममा आवश्यक आपूर्तिहरू बन्द गरेको बताए।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेह निकोलेन्कोले युक्रेनी सेनाले इज्युमको मुख्य आपूर्ति मार्गमा पर्ने कुपियान्स्क शहरलाई पुनः कब्जामा लिएको बताए ।

उक्त क्षेत्र लामो समयसम्म रुसीहरुले भारी तोपखाना र अन्य लडाइँ स्थलको केन्द्र बनाएका थिए ।

प्रतिक्रिया