नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सब

इनेप्लिज २०७९ भदौ १८ गते १७:१५ मा प्रकाशित

काठमाडौं, १६ भदौ

नेपालमै अन्तराष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् ।

ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सबमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।

‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ ।’ अभिनेत्री करिश्माले सातौं वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्राविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफुहरुले अझ सजिलो भएको पनि उनले बताईन् ।

बिगत सात वर्षदेखि आँखा सम्बन्धि सबै समस्या र आँखा सहित अन्तराष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफुहरुले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताईन् । आफुहरुले प्रदान गर्ने सेवा बारे उनले भनिन्,‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं । यस्तै आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं ।’

सो क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धि सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरु बिदेश जाने क्रम निकै कम भएको बताए,‘बैंकक पुगेर यही सेवाको लागि जती खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं । रमाईलो कुरा के भने, हाम्रै डक्टरहरुले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यही गर्न पार्ईएको छ ।’

कस्मेटिक सर्जरीसँगै आँखा सम्बन्धि सबै प्रकारको समस्याको उपचार गर्ने भएकाले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर प्रति आँखाका यस्ता समस्या भएकाहरुको उपस्थिति राम्रो हुँदै आएको पनि कक्षपतिले बताए ।

प्रतिक्रिया