‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स

इनेप्लिज २०८१ वैशाख २३ गते १०:५० मा प्रकाशित

काठमाडौंँ । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ ।

गीतमा आफुलाई मनपरेको युवतीको क्रियाकलापले आफुलाई उनी प्रति नभएको एक युवाले राखेको छ । गीतको भावमै भिडियोका कथा बुनिएको छ ।

भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञावलीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताकोपछि लागेको देखाइएको छ ।


नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् ।

प्रतिक्रिया