सिकागोमा मह जोडीको कार्यक्रम हुने

इनेप्लिज २०७९ भदौ १५ गते २:२३ मा प्रकाशित

सुमन वस्ती

सिकागो, अमेरिका । नेपालमा सबै बर्गका बालबालिकाहरुलाई कम शुल्क (मासिक एक सय रुपैया)मा गुणस्तरिय शिक्षा प्रदान गर्दैआएको ‘समता’ स्कूललाई आर्थिक सहयोग जुटाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

अमेरिकाको सिकागो शहरमा नेपालका विख्यात हाश्य जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) को बिराट सुशोभन तथासांस्कृतिक साँझ कार्यक्रम को आयोजना गरिने भएको हो।

अमेरिकाको मध्यपश्चिम क्षेत्रमा पर्ने इलिनोइ राज्यको सिकागो शहर र यस वरिपरि नेपाली आप्रवासीहरु को बाक्लो बसोबास छ I

बिगत केहि बर्ष देखि समता स्कूलले पुर्याएको योगदानलाई ध्यानमा राखेर मह जोडीले स्वदेश तथा बिदेशमा बिभिन्न कार्यक्रमहरु गर्दै अर्थ सकलन गर्ने कार्य गर्दै आएको छ I

अमेरिकाको गैह्र नाफामुलक संस्था समता ग्लोबल सिनेटको आयोजना तथा सिकागोल्याण्ड्का प्राय: सबै सामाजिक संस्थाहरुको आतिथ्यमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो I

कार्यक्रमलाई ब्यबश्थित रुपमा संचालन गर्न सिकागोल्याण्ड्का सामाजिक संस्थाका प्रतिनिधिहरु र केहि समाज सेविहरु सम्मिलित एक प्रारम्भिक मूल समिती गठन गरिएको कुरा समितिका संयोजक गोपेंद्र भट्टराईले जानकारी दिए।

सो समितिमा खेम पन्थी, कृष्ण खनाल, बिष्णु फुयाल, इन्द्रकान्त चौधरी, ओम दाहाल, ज्योति गौतम अधिकारि, किरण व्यन्जनकार, ओम प्रकाश चौधरी, बिरेन्द्र यादव, लक्ष्मण न्यौपाने, जितेन्द्र राणा, सुमन श्रेष्ठ, बिजेन्द्र बिक्रम राणा र इश्वरी बगाले रहेका छन्।

यस्तै सुमन वस्ती, जगन निरौला, खेम पाठक, शिव अधिकारि, रही गुरुङ, केपी सिङ्ग, बिष्णु न्यौपाने, जगदीश यादव, बाला घिमिरे, डा. चन्द्र चटौत, कविता नेपाल, गोपाल जिसी, निता कार्की, मिन दर्लामी, पदम राना र मेनुका चौधरी पनि समितिमा रहेका छन्।

आगामी नोभेम्बर ६ तारिखका दिन आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालका चर्चित गायक रामकृष्ण ढकालले अतिथि गायकका रुपमा सुमधुर गितहरु समेत प्रस्तुत गर्ने जानकारी दिदै कार्यक्रम को बिस्तृत विवरण चाडै सार्बजनिक गरिने कुरा संयोजक भट्टराईले बताए।

प्रतिक्रिया