रुसद्वारा दक्षिणपूर्वी युक्रेनी शहरमा ६ घण्टामा २०० वटा आक्रमण

इनेप्लिज २०७९ भदौ १३ गते ११:३३ मा प्रकाशित

रुसले दक्षिणपूर्वी युक्रेनको शहरमा ६ घण्टामा २०० वटा आक्रमण गरेको अधिकारीले बताएका छन् ।

युक्रेनको जापोरिझिया क्षेत्रको ओरिखिभ शहरमा ६ घण्टाको अवधिमा २०० भन्दा बढी हमला भएको जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर स्टारुखले आइतबार संचार माध्यम टेलिग्राम पोस्टमा लेखेका छन् ।

उनले अगाडी भने शहर पनि १४ घण्टा आक्रमणमा पर्यो। “आज, ओरिखिवमा प्रक्षेपास्त्र प्रणाली र तोपखानाबाट १४ घण्टा लगातार आक्रमण ” स्टारुखले लेखे।

“शहरको बीचको भाग सबैभन्दा बढी पीडित भयो; शहरको केन्द्रमा आगो लागेको छ ।”

गोली लागेर दुई बालबालिका र आमा घाइते भएको उनले बताए ।

प्रतिक्रिया