रुसले अमेरिकाले बनाएको एचआइएमएआरएस प्रक्षेपास्त्र प्रणाली भण्डार नष्ट गरेको दाबि गरेको छ ।
रुसी रक्षा मन्त्रालयले युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको अमेरिकी निर्मित एचआइएमएआरएस प्रक्षेपास्त्र प्रणाली र एम७७७ होविटज़र्सका गोला रहेको ठूलो गोलाबारुद भण्डार नष्ट गरेको बताएको छ।
गत जुनमा वाशिंगटनले प्रक्षेपास्त्र प्रणाली(रकेट सिस्टम )हरू उपलब्ध गराउने घोषणा गरेको थियो, जुन हल्का तौल र सजिलैसँग चलाउन सकिन्छ ।
सामान्यतया अन्य प्रणालीहरू भन्दा बढी सटीक मानिन्छ भने युक्रेनको लागि एक महत्त्वपूर्ण युद्धक्षेत्र लाभ मानिएको छ ।
रूसी वायुसेनाले गत शनिबार डोनेट्स्कमा मिग-२९ विमान खसालेको र डोनेस्क, माइकोलाइभ र खेरसनमा छ वटा क्षेप्यास्त्र र तोपखाना हतियार भण्डारहरू नष्ट गरेको जनाएको छ ।
प्रतिक्रिया