निर्यातका लागि नयाँ सम्भावनाको खोजी हुनु पर्ने

इनेप्लिज २०७९ भदौ २ गते २२:०२ मा प्रकाशित

विराटनगर, २ भदौ । भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुहरुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासङ्घ प्रदेश नं १ समितिले बुधबार विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना सम्बन्धी छलफल कार्यक्रममा कृषि लगायतका निर्यातजन्य नयाँ वस्तुहरुलाई भारतीय बजारमा पु¥याएर व्यापार घाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्ने बताइएको हो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सवैभन्दा सम्भावना रहेको बजार नै भारतीय बजार रहेको र अहिले भारतसँगै ठुलो अन्तरमा व्यापार घाटा बढेको बताउँदै उहाँले भत्रुभयो,‘ भारतसँगको व्यापारको परनिर्भरता घटाउनका लागि विशेष वस्तु केन्द्रित नीति आवश्यक छ ।’ ‘सरकारले निश्चित वस्तु नै तोकेर बजेटमा सहुलियत दिन सकेन, गोलमटौल सहुलियतले निर्यात व्यापारलाई सघाउन सक्दैन, उहाँले भत्रभयो,‘अब त नेपालबाट तेस्रो मुलक निर्यात सोच्न गाह्रो हुने अवस्था आइसकेको छ, अहिलेको समयमा भारत नै सबैभन्दा ठूलो पार्टनर हो, सरकारले भारतलाई नै लक्षित गरेर वस्तु केन्द्रित नीति बनाउनु पर्छ ।’ उहाँले कृषि क्षेत्रलाई औधोगिकतर्फ लैजान सकिने र निजी क्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने धारणा व्यक्त्त गर्नुभयो ।

महासङ्घका केन्द्रीय सदस्य एवं प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट निर्यातका लागि ठोस नीति अघि सार्नु पर्ने सुझाव दिँदै मुलुकको व्यापार घाटा कम गर्नका लागि सरकारले भारतसँग गर्नुपर्ने जति लविङ गर्न नसकेको कुरामा जोड दिनुभयो ।

‘बाध्यताले उद्योगहरु चलाउनु पर्ने अवस्था छ, धेरै प्रधानमन्त्रीहरुले भारत भ्रमण गरिसकेका छन तर मुलुकको व्यापार प्रवद्र्धनका लागि भने सोचे अनुसार उपलब्धि हुन सकेको छैन’ उहाँले भत्रुभयो, ‘सरकारले एकातिर सिमेन्टमा छुट दिन खोजेपनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीहरुलाई आहत पारेको छ ।’

उपाध्यक्ष राउतले अदुवा र फलफुलको निर्यातमा नेपालको सम्भावना धेरै रहेकाले निर्यात वृद्धि गर्नका लागि कृषिजन्य उत्पादनको प्रशोधनमा सरकारले सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै पूर्व बाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताउनुभयो । उहाँले उत्पादन वृद्धिकालागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सवै क्षेत्रबीच समन्वयका खाँचो रहेकोमा जोड दिनुभयो । उहाँले लघु तथा मध्यम तहका उद्योगहरुको संरक्षण समेत आवश्यक रहेको बाउनुभयो ।

छलफलमा सावती नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पोषराज पाण्डेले नेपालमा विसं १७९२ मा तत्कालीन ब्रिटिस सरकार र नेपालबीच बाणिज्य सम्झौता भएपश्चात भारतसहितका अन्तरदेशीय क्षेत्रहरुमा व्यापारको सम्बन्ध अघि बढेको बताए ।

नेपालले निर्यात हुने कृषि उत्पादनमा भन्सार नलाग्ने व्यवस्थाको फाइदा उठाउनु पर्नेमा उहाँले सुझाव दिनुभयो । डा पाण्डेले नेपालले विद्यमान उत्पादन मात्रै नभई नयाँ उत्पादनका क्षेत्र र वस्तुहरुको पहिचान गर्न सकिएको खण्डमा मुलुकको निर्यात घाटा कम भएर जाने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति नेपाल उद्योग बाणिज्य महासङ्घका प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले भारतमा भइरहेको क्षेत्रीय स्तरको व्यापारमा देखिएका समस्याहरुको समाधानका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले मुलुकमा देखिएको व्यापार घाटा कम गर्न र निर्यात बढाई विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रका विविध बालीको उत्पादन बढाउनुको विकल्प छैन भत्रुभयो ।

प्रतिक्रिया