दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो कार्यकालको १०० औँ दिन मनाई रहदा उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र प्रहार प्रहार गरेको छ । उत्तर कोरियाले पानी जहाजबाट क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
प्योङयाङले यस वर्ष मात्रै १९ पटक आफ्नो क्षेप्यास्त्र प्रणालीको परीक्षण गरेको छ ।
बुधबार बिहान दुईवटा पानी जहाज क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको छ जसमा अमेरिका र दक्षिण कोरियाका गुप्तचरहरूले उत्तर कोरियाले सातौं आणविक परीक्षण गर्न तयार रहेको पुष्टि गरेको छ।
बिगतमा उत्तर कोरियाले देशका चार फरक क्षेत्रहरूबाट आठ प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रहार गर्यो भने अर्को दिन दक्षिण कोरिया र अमेरिकी संयुक्त सेनाले प्रतिउत्तरको रूपमा आठ वटा सतह देखि सतह क्षेप्यास्त्र प्रहार गरेका छन् ।
संयुक्त सेनाहरू आगामी सोमबारबाट सुरु हुने १० दिने सैन्य अभ्यासको तयारी रहेका छन् ।
प्रतिक्रिया