एशोसिएशन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)मा अस्पताल संचालक रेनुका गुरुङ निर्बाचित

इनेप्लिज २०७९ साउन ३१ गते १५:४६ मा प्रकाशित


काठमाडौ । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल अफिनको कार्यसमितिमा बरिष्ठ समाजसेवी एवं ग्रिनसिटी अस्पतालकी  संचालक रेनुका गुरुङ  निर्बाचित हुनुभएको छ ।

अफिनको २२ औ साधारणसभामा भएको निर्बाचनमा उहांले अत्यधिक मत ल्याउनुभएको थियो । साधारणसभाले अन्य पदाधिकारी एवं अन्य सदस्यहरु पनि चयन गरेको छ । बिभिन्न सामाजिक संस्थामा आबद्ध रहनुभएकी गुरुङसामाजिक क्षेत्रमा परिचित नाम हो ।


बिगत केही बर्ष देखि स्वास्थ्य क्षेत्रमा प्रबेश गरेपछि उहांले थप सफलता हासिल गर्र्देै जानुभएको छ । उहांले अफिनको कार्यसमितिका लागि ग्रिन अस्तालका अध्यक्ष लोकबहादुर टण्डन , संस्थापक अध्यक्ष डा भोला रिजाल , निबर्तमान अध्यक्ष बसन्त चौधरी लगायतका बिभिन्न अस्पतालका संचालकहरुको   महत्वपुर्ण भुमिका रहेको भन्दै  उहांहरु प्रति आभार समेत ब्यक्त गर्नुभएको छ ।
[email protected]

प्रतिक्रिया