संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को नेपाल प्रतिनिधिमा योङ्ग होङ्ग

इनेप्लिज २०७९ साउन ३१ गते १४:३२ मा प्रकाशित


काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले मंगलबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)को नेपाल कार्यालयका लागि नयाँ प्रतिनिधि योङ्ग होङ्गको ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित ओहोदाको प्रमाणपत्र ग्रहण समारोहमा मन्त्री खड्का र नेपाल प्रतिनिधि होङ्गले नेपाल सरकार र यूएनएफपिएवीच ५० बर्षदेखि स्थापित सम्बन्धको महत्वबारे चर्चा गर्नुभयो । उहाँहरूले महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीहरूलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागि गराउन सशक्तिकरणका लागि बलियो साझेदारीमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘‘कोभिड १९ को महामारी र जारी युद्धले विश्वब्यापीरुपमा असमानता र गरिबीलाई बढाईदिएको छ । यसले सबै नागरिकहरु, विशेष गरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहहरूको गुणस्तरिय सेवामा पहुँच बढाउन यूएनएफपिए जस्ता साझेदार संस्थाहरूसँगको रणनैतिक समन्वय र सहकार्यको आवस्यकता औंल्याएको छ ।’’

नेपाल प्रतिनिधि होङ्गले यूएनएफपिएको म्यान्डेटप्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा अयाजित नैरोबी ग्लोबल समिटमा जनसंख्या र विकाससम्बन्धि अन्तराष्ट्रिय सम्मेलन ९क्ष्ऋएम्० को भिजनप्रति नेपाल सरकारले दोहो¥याएर ब्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने प्रतिबद्धता दोहो¥याउनुभयो । नेपाल प्रतिनिधि होङ्गले दिगो विकासका लक्ष्य तथा आईसीपीडी ९क्ष्ऋएम्० को केन्द्रमा रहेको ‘तीन शून्य’ (परिवार नियोजनका साधनहरूको पुरा हुन नसकेका (अपरिपूर्त) माग शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युको अवस्था शून्यमा झार्ने, र लैङ्गिक हिंसा र बालविवाह जस्ता हानिकारक अभ्यासहरू शून्यमा झार्ने) परिणाम हासिल गर्नका लागि दृढ संकल्प ब्यक्त गर्नुभयो।

“यूएनएफपिएले रुपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हाँसिल गर्न विश्वब्यापीरुपमा महत्वकांक्षी लक्ष्य तय गरेको छ, र यी लक्ष्य नेपालका लागि हाम्रो प्राथमिकता हुन् । नेपालमा हामी यी लक्ष्यहरूप्रति दृढतापूर्वक प्रतिबद्ध छौं, र महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र समाजमा सक्रिय भूमिका निर्वाह गर्न हानीनोक्सानी रहितको जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न हामी काम गर्नेछौं । नेपाल सरकारसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन हामी तत्पर छौं,” नेपाल प्रतिनिधि होङ्गले भन्नुभयो ।

होङ्गले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हाल्नुभएको हो । अन्तर्राष्ट्रिय विकासमा १६ बर्षभन्दा धेरै अनुभव संगाल्नुभएका होङ्ग दक्षिण कोरियाको नागरिक हुनुहुन्छ । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नु अघि उहाँ मलावीको यूएनएफपिए प्रतिनिधि, र त्यसअघि मोजाम्वीकमा डेपुटी प्रतिनिधि हुनुहुन्थ्यो ।

[email protected]

प्रतिक्रिया