सिग्देल प्रतिष्ठानद्वारा सञ्चारकर्मी पौडेल पुरस्कृत

इनेप्लिज २०७९ साउन २७ गते २२:१० मा प्रकाशित

 

df]/ª,@& ;fpg-/f;;_Ms[i0fk|;fb l;Ub]n :d[lt k|lti7fg lj/f6gu/åf/f z’s|jf/ lj/f6gu/df cfof]lht :d[lt ;ef Pj+ k’/:sf/ tyf ;Ddfg lj/f6gu/ dxfgu/kflnsfsf k|d’v gfu]z sf]O/fnfå/f ;~rf/sdL{ sdn kf}8]nnfO{ k’/:sf/ ljt/0f ub}{ . pSt k’/:sf/df gub ? @! xhf/ !!! / ;Ddfg kq /x]sf] 5 . tl:a/ M dgf]h bfxfn ÷/f;;

विराटनगर,२७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले आज यहाँ सञ्चारकर्मी कमल पौडललाई पुरस्कृत गरेको छ।

प्रतिष्ठानद्वारा यहाँ आयोजित स्मृति सभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा पौडेललाई नगद रु २१ हजार १११ सहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको छ।

यसैगरी प्रष्ठिानले स्वास्तिक ढुवानीका मजदुरलाई कपडा, मजदूर भलाई कोषमा रु २१ हजार ,चालक कल्याण कोषमा रु २१ हजार, कर्मचारी कल्याण कोषमा रु ५१ हजार नगद प्रदान गरिएको छ।

df]/ª,@& ;fpg-/f;;_Ms[i0fk|;fb l;Ub]n :d[lt k|lti7fg lj/f6gu/åf/f z’s|jf/ lj/f6gu/df cfof]lht :d[lt ;ef Pj+ k’/:sf/ tyf ;Ddfg sfo{s|ddf ;xefuL x’b}+ lj/f6gu/ dxfgu/kflnsfsf k|d’v gfu]z sf]O/fnf, pkk|d’v lzNkf lg/fnf sfsL{ nufot . . tl:a/ M dgf]h bfxfn ÷/f;;

जनता उच्च मावि मधुवन सुनसरीका छात्रा अन्जली कुमारी गुप्तालाई नगद रु १५, १११ ,महिला तथा युवा उद्यमी क्रमशः सोमी भगत र गोपाल अग्रवालाई सम्मान गरिएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै स्व. कृष्णप्रसादले समाज सेवा र उद्यमीशीलतामा महत्वपूर्ण योगदान पु¥याउनु भएको बताउनु भयो ।

उहाँले स्व. सिग्देलले देखाएको बाटोमा हामीसबै हिड्न सकेमा मुलुकमा आर्थिक समृद्धि हुने धारणा राख्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा सिग्देल,महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की,नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश उपाध्यक्ष राजेन्द्र राउत र पुरस्ककृत व्यक्तित्व पौडेलले स्व. सिग्देलले रोजगारी सिर्जना र व्यवसाय प्रवद्र्धनमा गर्नु भएको सहयोगको स्मरण गर्नु भयो ।

विसं २०६७ स्थापनामा भएको प्रतिष्ठानले प्रत्येक वर्ष पुरस्कार वितरण गरेमा पनि कोरोना महामहामारीका तीन वर्ष कार्यक्रम स्थगित गरेको थियो ।

 

प्रतिक्रिया