एउटा डायरीका पाना सार्बजनिक

इनेप्लिज २०७९ साउन २५ गते २:३८ मा प्रकाशित

काठमाडौ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ साहित्यकार कन्चन पुडासैनीको प्रमुख आतिथ्यमा राजन पुडासैनीद्वारा लिखित ‘एउटा डायरीका पाना’ (संस्मरणसङ्ग्रह) कृतिको एक समारोहका बीच लोकार्पण भएको छ ।
कृति लोकार्पण गर्दै पुडासैनीले ‘आफ्नै सगोत्रीय कुलवंशका नवोदित साहित्यकार राजन पुडासैनीले गर्नुभएको साहित्य सेवाका लागि शुभकामना प्रकट गर्दै साहित्य लेखनमा निरन्तर अगाडि बढ्न आशीर्वाद दिनुभयो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै गर्नुहुँदै साहित्यकार नवराज पुडासैनीले ‘लेखकको प्रथम कृति हुँदाहुँदै पनि मिलेको लेखनकला र शैली प्रशंसनीय रहेको र विभिन्न २५ शीर्षकमा सिर्जित उक्त कृति पठनयोग्यसमेत रहेको’ कुरा उल्लेख गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा लेखककी आमा चरी पुडासैनीले छोराले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभएको थियो भने समालोचक, कवि ठाकुर शर्मा भण्डारी, डा. रामप्रसाद दाहाल, कृष्ण प्रधान र उत्तम पुडासैनीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

[email protected]

प्रतिक्रिया