गरिब र विपन्नका लागि आश्रय स्थल बनेको श्रीलङ्का टापु

मोहम्मद सदरुल २०७९ साउन २४ गते २१:४५ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, २४ साउन(रासस): सप्तकोशी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपन्न परिवारका लागि आश्रय स्थल बनेको छ ।
विसं २०४५ अघि सप्तकोशी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोच हुँदै दक्षिण तर्फ बग्ने सप्तकोशी श्रीलङ्का टापु क्षेत्रहुँदै बग्ने कोशी अहिले आएर फेरी पुरानै धार डुम्रीबोटे कटान गरी पुरानै धारतर्फ सप्तकोशी नदीको केही पानी बग्न थालेको छ ।
बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोशी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका वडा नं २ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।

कोशी नदीको पानीले अहिले बेलका नगरपालिकाको वडा नं १,२,३,८ र ९ लाई असर पारेको छ । कोशीको पानीबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा लगि उहाँहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाएको बताइएको छ ।

बेलका क्षेत्रमा भैँसी पालन, कुखुरा पालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाएको छ ।

बर्षातको तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोशी नदीमा अहिले पानी कति छ त्यो जानकारी नभएपनि सप्तकोशी नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराहक्षेत्र नगरपालिकामा असर पारेको बताइएको छ ।

यदी सप्तकोशी नदी बेलकालाई चिरेर बाहिर निस्कने हो भने यो पानी उदयपुरको तिलजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुर सम्म असर गर्ने प्रारम्भिक अनुमान अनुसार त्यसक्षेत्रमा अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब जना परिचालन गरिएको प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । अहिले पनि बेलका नगरपालिकाको भाटेपुल स्थितका सिर्जना टोल डुबानमा परेको देखिन्छ ।

पुरानो धार परिवर्तन गरेपछि बगर पछि खेती योग्य बनेको सो क्षेत्रमा मानिसहरुले विस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए ।

अन्य क्षेत्रका मानिसहरु कोशी नदीको बाढी देखेर पीर मानेपनि श्रीलङ्का क्षेत्रमा बसोबास गर्ने मानिसहरु आनन्दले आफ्ना खेतीपाती र घरव्यवहार गरिरहेका छन् ।

स्थानीयवासीका अनुसार कोशी नदीले पुरानै धार फर्केपनि श्रीलङ्का टापुमा पानी पस्दैन भत्रे कुरामा ढुक्क छन् । उहाँहरुका भनाई अनुसार यो ठाउँ निकै अग्लो भएकाले त्यति सजिलै पानी पस्ने अवस्था छैन, त्यसैले हामीहरु खेतीपातीमा नै बढी व्यवस्था हुने गरेको बताउनुभयो ।

बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापु क्षेत्रमा लगभग एक हजार २०० मतदाता छन् । उहाँहरु निर्वाचनको समयमा कोशी नदीमा डुङ्गा चढेर पारी जान्छन् र मतदान गर्छन् ।

अहिले श्रीलङ्का टापुमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट क्षेत्र सञ्चालनमा आएको छ ।

बेसारका लागि २० बिगहा जग्गा परियोजनाले केही लगानी गरेको वराहक्षेत्र नगरपालिका कृषि विकास शाखाका प्रमुख निरबहादुर राईले जानकारी दिनुभयो ।

उहाँले यहाँका मानिसहरुबाट अत्यन्तै मेहनती छन्, बगरलाई खेती योग्य जमिन बनाएर सबै किसिमको बाली उत्पादन गर्नुका साथै दल, तेलहन र मौसम अनुसारको तरकारी बाली उत्पादन गरी राज्यलाई विभित्र उत्पादनमा आत्म निर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

शाखा प्रमुख राईले बाहिरबाट हेर्दा निकै बिकट र झन्झटिलो मानिने यो स्थानको बेग्लै महत्व छ, प्राकृतिक हावापानी, चराचुरुङ्गीको चिरबिर आवाज, विभित्र बालीहरु खेतमा लहलहाएको देख्दा आनन्द लाग्छ भन्नु भयो ।

यस्तै, रामउदगार महतोले शुरुमा यहाँ खेती गर्न समस्या भएपनि अहिले सहज भएको छ । स्थानीय पालिकाले बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय स्थापना गरेको छ र हामीलाई यहाँ बस्न रमाइलो लाग्ने गरेको जानकारी दिनुभयो ।

हजारौँ बिगहा जग्गा रहेको श्रीलङ्का टापुलाई व्यवस्थित गर्न राज्यको अझै पहुँच हुनु पर्ने र यहाँका जग्गामा भूमाफियाहरुले कब्जा जमाई बिगहाको रु.चार लाखसम्म बिक्री गर्ने गरेको र यही जग्गा अन्य क्षेत्रबाट आउने मानिसहरुले खरिद गरी नितान्त खेतीपाती गरिरहेको पाइएको छ ।

श्रीलङ्का टापु क्षेत्रमा पर्ने रामपुर र नारायणपुर बस्तीमा जान सरकारले चार वर्ष अघि ८५ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण गरेको छ भने त्यसक्षेत्रका मानिसको जीवनलाई यो पुलले सहज बनाइ दिएको पाइएको छ ।

प्रतिक्रिया