संविधान अनुसार संसद जिवित रहेको – एमाले महासचिव पोखरेल

इनेप्लिज २०७९ साउन २३ गते १३:३८ मा प्रकाशित

 

मोरङ,२३ साउन(रासस): नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल सोमबार विराटनगर आउँदा विमानस्थलमा मुलुकको समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,२३ साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद जिवित रहनु संविधान अनुसार भएको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकमा सङ्कट आएको बेला काम लाग्ने भएको हुनाले संविधानमा व्यवस्था गरिएको संसद रहेको प्रष्ट पार्नु भयो ।

पूर्व मख्यमन्त्री समेत रहनु भएका नेता पोखरेलले संसदलाई अहिले कुनै विजनेश दिनु त्यो गलत भएको धारणा राख्नु भयो ।

उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकोले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताउनु भयो ।

मोरङ,२३ साउन(रासस): नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल सोमबार विराटनगर आउँदा विमानस्थलमा । तस्बिर : मनोज दाहाल ÷रासस

महासचिव पोखरेलले प्रधान न्यायाधिश विरुद्ध सत्तापक्षले ल्याएको महाअभियोग विरुद्ध संसदमा एमाले छलफलमा भाग लिने जानकारी दिदै यो सत्तापक्षले ल्याएको विजनेश भएको प्रष्ट पार्नु भयो ।

उहाँले वर्तमान अवस्थामा एमालेको जनाधार वृद्धि भएको बताउँदै विगतको निर्वाचमा ३३ प्रतिशत पाएकोमा स्थानीय पालिकामा ३४ प्रतिशत मत ल्याइ २०६ स्थानमा विजयी हासिल गरेको विचार राख्नु भयो ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा गर्दै जनताले नीतिगत नेतृत्वका लागि स्थायी सरकार निर्माणका लागि आगामी संसदीय निर्वाचनमा एमालेलाई विजयी गराउने दावी गर्नु भयो ।

एक प्रश्नको जवाफमा उहाँले विगतको भन्दा वर्तमान सरकारले पूँजीगत खर्च गर्ने अवस्थामा कम सिर्जना गरेको आरोप लगाउनु भयो ।

उहाँले समयमा निर्वाचन गर्न मिति घाषणा हुने जनता खुशीको खवर भएको निर्वाचनबाट सक्षम सरकार निर्माण हुने बताउँदै एमाले गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा जाने जानकारी दिनु भयो ।

प्रतिक्रिया