निर्वाचित संविधानसभाबाट जनताको राय लिएर हामीले संविधान बनायौ भनेर फुटानी गर्ने गणतन्त्रवादीहरूले संविधान तयार गर्दा जनताहरूले दिएका रायहरूलाई यदि संविधानमा उचित ठाउँ दिएका भए गणतन्त्रवादीहरूले अर्का गणतन्त्रवादीहरूलाई सविधान जोगाउने नाममा ताइनतुईको दोष दिने कसरत किन गर्नु पर्थ्यो ?
विभिन्न विचार, नियत र स्वार्थ भएका विदेशीहरूले उनीहरूका स्वार्थ पुरा गराउनका लागि बोल कबोल गराई आफ्ना आदेश पालक छानेका २/४ जना नैतिकता गुमाउन सक्ने अवसरवादीहरू अर्थात शासन गर्ने ढङ्ग नभएका स्वार्थीहरू मार्फत कुनै एउटा पार्टीको बहुमतले स्थाई सरकार बन्न नसक्ने गरी तयार पारेको मसौदा नै वर्तमानको सविधान हो भन्ने देखिन्छ । विदेशीले दिएको यो संविधानले कुनै एउटा पार्टीले बहुमतको / स्थाई सरकार बनाउन नसक्ने हुँदा सरकार बनाउने/ गिराउने काममा विदेशीहरू नै अप्रत्यक्षरुपमा हावी हुने किसिमको सविधान बनिएको तथ्य २ जना प्रधानमन्त्रीहरूले सार्वजनिकरुपमा स्वीकार गरीसकेका हुनाले आमजनताका शङ्कालाई पुष्टि गरेको छ ।
यो संविधानलाई संविधानसभाबाट पास गर्नु भन्दा पहिले बृहत छलफल गर्नु गराउनु पर्नेमा विदेशीहरूसंग गरेको बोलकबोल अर्थात १२ बुँदे सम्झौता समेतका कारणले गर्दा विदेशीले दिएको सविधान पास गरेपछि देशका ढुकुटीमा रजगज गर्न पाउने धूनमा हतारिएका अष्टासूर मध्येका २/४ जना ठालूहरूका विवेकले जनताका राय र विज्ञहरूसंको छलफललाई आवश्यक नठानेको हुँदा यो सविधान जोगीको तिहुन भने जस्तै छासमिसे अर्थात वर्णशङ्करको अवस्थामा पुगेको यथार्थ नै भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा पार्टीका होइन गठबन्धनका उमेदवार निर्वाचित हुनु नै सविधानको असफलताको ज्वलन्त उदाहरण हो भन्नलाई अप्ठ्यारो छैन ।
सविधान जोगाउने बचाउने भन्दै हल्ला गर्ने गणतन्त्रवादीहरू यदि यो कुरा होइन भन्छन भने यो देशका गणतान्त्रिक पार्टीका नायकहरूले आआफ्ना पार्टीका कट्टर भक्तहरूलाई आआफ्नो पार्टीप्रतिको भक्तिलाई तिलाञ्जली दिदै अर्को पाटीलाई भोट दिन लगाए पछि ती निर्वाचित प्रतिनिधीहरू चै निश्चित पार्टीका मतदाताका भोटबाट मात्रै बनेका प्रतिनिधी नभएर बिभिन्न पार्टीका वर्णशङ्कर भोटले बनेका बर्णशङ्करका प्रतिनिधी भएनन् त ?
आगामी संघ र प्रदेशको चुनावमा पनि मौजुदा पार्टीहरुका बीचमा हुने गठबन्धनका कारणले पार्टीहरूका सांसद भन्दा वर्णशङ्कर भोटबाट बन्ने सांसदहरूको शङख्या धेरै हुने सम्भावना देखिन्छ । त्यस्ता सांसदहरूले छान्ने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री चै कुनै एउटा पार्टी विशेषका नभएर बर्णशङकर नै हुने भएनन् त ? यी माथिल्ला श्रेणिका पदहरू छान्ने कामको मूख्य भूमिका सविधान बनायौ भन्ने अर्थात निर्वाचित सांसदहरूको हुनु पर्ने चै हो तर यो अवस्थामा भने सविधान बनाई दिनेहरुको प्रमुख भूमिका रहन्छ भन्ने चर्चा ब्यापकरुपमा चलिरहेको छ भन्ने सुनिन्छ ।
यस्तो भए पछि बहुदलीय व्यवस्थाका गहना भनिएका पार्टीहरूको अस्तित्व चै के हुन्छ ? यस्तो हुनु भनेको विदेशी प्रदत्त “न हाँसको चाल न कुखुराको चाल” जस्तो भएको तर संविधान सभाबाट पारित भएको वर्णशङ्कर संविधानको दोष सविधान बनाउने कामका २/४ नायकहरूलाई दिने कि सबै गणतन्त्रवादीलाई दिने कि विदेशीहरूलाई दिने कि संविधानलाई नै दोष दिने ?
अझ साँच्चै भन्नु हो भने यो देशलाई विदेशीहरूले गत शताब्दीको ८० को दशकदेखि नै वर्णशङ्कर बनाउन थालेका प्रमाणहरू धेरै पाइन्छन । त्यस्तो बर्णशङकरका प्रभावले गर्दा यो देश स्थापना गर्ने, विस्तारको नेतृत्व गर्ने तथा संरक्षण गर्ने गोर्खा राजसस्थाले आफ्ना पूर्वजहरूका पहिचानको इतिहासलाई छोड्न बाध्य बन्दै बर्णशङकर हुन पुगेको देखिन्छ । राजसस्थाका अधिपति राजाहरूका कान मात्रै हुन्छन तर आँखा हुँदैनन भन्ने भनाईले हो वा लोकसम्मतिको पालना भन्ने ठानेर हो वा केले हो वर्णशङ्कर बनाइएको विषयमा राजसस्था नै मौन देखिन्छ ।
तर बर्णशङ्करकै प्रभावले नै होला यो देशका पढेलेखेका, डिग्रीधारी विद्वान, भाषाविद् , साहित्यविद , इतिहासविद्, सस्कृतिविद् , तथा परराष्ट्रविदहरु पनि आफ्नो देश जाति भाषा यो देश निर्माण गर्ने पूर्वजहरूले कायम गरेको यो देशको गौरवशाली इतिहास र परम्परालाई चिन्नु जान्नु र सबैलाई चिनाउनु पर्नेमा विदेशीका भनाई र पुराणका कथालाई यो देशको सत्य इतिहास मानेर यो देशको भाषा , साहित्य , इतिहास, सस्कृति आआफ्नो कूलधर्म पालना गर्ने परम्परा आदि सबै थोकलाई अपमानित बनाउँदै बेइज्जतकासाथ पाखा लगाएको तथ्यगत यथार्थलाई बिर्सनु कसरी ?
यो बर्णशङ्कर शब्दलाई ग्रामीय जनजिब्रोले ठिम्बर, ठ्याक्पा, ठिमाहा, खच्चड जस्ता शब्द प्रयोग गरेर बर्णशङ्कर जतिलाई उपेक्षित नै ठान्छ । उपेक्षित ठान्नु पर्ने कारणमा बर्णशङ्करबाट बंश बृध्दि हुँदैन अपुताली पर्छ, बर्णशङ्करले गाउँ-घर, छर-छिमेक, इष्ट-मित्र, बन्धु-वर्ग, नाता-गोता, कुल-कुटुम्ब आदि सबैलाई दुखदिन्छ । कथम कदाचित अपुताली नपर्ने भइ सन्तान हुन गए भने पनि सग्ला सन्तान हुँदैनन् फस्टाउँदैनन टाक्सिन्छन भन्ने जनविश्वास पहिले पनि थियो र हालसम्म पनि छँदैछ ।
हाम्रा देशमा पनि सायद यही वर्णशङ्कर संविधानकै दुष्परिणामकै कारणले होला छिमेकी देश भारत र चीनसंगको सुमधुर सम्बन्धमा खटपट देखा परेको छ भनिन्छ ।
त्यसैले यो वर्तमान सविधान बचाउने जोगाउने नाममा अल्मलिदै आएका राजनैतिक पार्टीका व्ययसायीहरूले जुनसमयदेखि यो देश वर्णशङ्करकै कारणले गर्दा अपमानित हुनु परेको हो सोही समयदेखि सुधार्ने काममा सरिक भई यथाशिध्र यो बर्णशङ्कर सविधान आफलेर जनभावनाका मर्मको कदर गर्दै परम्परागतको देश जाति भाषा सस्कार सस्कृति आदि कायम गराउने तर्फ मन वचन र कर्मले सम्पूर्ण जनता एक भएर अघि नबढ्ने र यही सविधानलाई सर्वश्व ठान्ने हो भने यो देशको गौरवशाली परम्परा र इतिहास बाँच्न नसक्ने अर्थात यही बर्णशङ्कर संविधानले द्रव्य शाहले सन् १५५९-१५६० मा स्थापना गरेको गोर्खा राज्यको निरन्तरता कायम भएको यो गोर्खाहरुका रगतपसीनाले निर्माण भएको देशलाई खाएर खरानी बनाउने निश्चित छ ।।
जय गोरखनाथ जय गोर्खा ।।
प्रतिक्रिया