विराटनगर, २२ साउन(रासस) सप्तकोशी नदीले बेलका नगरपालिकाको वडा नं ९ स्थित कटान गरेको स्थान । तस्वीरः मोहम्मद सदरुल,रासस
मोहम्मद सदरुल,विराटनगर, २२ साउन(रासस): उदयपुरको बेलका नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको पश्चिम भाग कटान भइएपछि उदयपुरकै भाटेपुल क्षेत्र डुबानमा परेको छ ।
सप्तकोशी नदीले त्यस क्षेत्रमा लगभग २०० मिटर कटान गरी बस्ती तर्फ पसेको पानीले त्यसक्षेत्रका मानिसहरु अहिलेसम्म घर फर्कन सकेका छैनन् । डबान परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।
सुरक्षित स्थानबाट दिन्हुँ भाटेपुल नजिकै आएर पीडितहरु आफ्ना घरहरु डुबेको देख्दा रोएर फर्किने गरेका छन् ।
जहाँ अहिले कोशी नदीको पानीले डुबान गरेको त्यसक्षेत्रमा २०४५ साल अघि कोशी नदीको मूल धार बग्ने गरेको स्थानीयहरु बताउँछन् । कोशी नदीले मूल धार परिवर्तन गरेपछि कोशी नदी पूर्वतर्फ मूल धार भएर बगिरहेको छ । कोशी नदीले पूर्वतर्फ धार परिवर्तन गरेको पछि त्यसक्षेत्रमा हजारौँ बिगहा जग्गा बगरमा परिणत भयो । विस्तारै सो जग्गामा मानिसहरुले घर बनाएर बस्न थाले । कोशीले मूल धार परिवर्तन गर्दा बराह क्षेत्र नगरपालिकाको वडा नं २ कोशी पश्चिम क्षेत्र श्रीलङ्का टापु निर्माण भयो । जहाँ अहिले पनि मानिसहरु बसोबास गरिरहेका छन् । कुनै समयमा कोशी बग्ने ठाउँ अहिले मानिसहरुको लागि जीविकोपार्जन बनेको छ । मानिसहरुले सो क्षेत्रलाई फाँडेर खेतीपाती गर्दै आएका छन् । श्रीलङ्कका टापु जान सरकारले चार वर्ष अघि ८५ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण गरेको छ । जुन झोलुङ्गे पुल टापुमा बस्ने मानिसहरुका लागि आवतजावत गर्न निकै सुविधा पुगेको छ ।
कोशी नदी धार परिवर्तन गरेर बनेको सो क्षेत्रमा बस्ने मानिसहरुले जग्गा त उपभोग गरिरहेका छन् तर जग्गाको धनीपूर्जा छैन् । धान, मकै, तरकारी जस्ता बाली उत्पादन गर्ने किसानहरुले रामै आम्दानी गर्दछन् ।श्रीलङ्का टापुमा खेती गर्ने रामउदगार महतोको अनुसार अहिले पनि एकले भोगचलन गरेको जग्गा अरु मानिसलाई बिक्री गर्दा एक बिगहाको रु चार लाख सम्म तिर्छन् । उहाँले निकै गरिबी अवस्थामा यहाँ आएर खेती शुरु गरे, साइकलबाट शुरु गरेको यात्रा अहिले मसँग ट्रयाक्टर छन् । खेती पाती गर्छु परिवारलाई पाल्न सक्ने र राम्रै आम्दानी गर्न सकेकोमा महतोले खुशी व्यक्त्त गर्नुभयो ।
बेलका नगरपालिका वडा नं २ सिर्जना टोल अहिले पनि जलमग्न छन् । ५०० घरधुरी रहेको सो क्षेत्रमा नेपाली सेनाका दुई वटा बोर्ट र सशस्त्र प्रहरीका एक वटा बोर्टले पानी जलमग्न भएको क्षेत्रमा प्रवेश गरी घर भित्रका सामानहरु सुरक्षित ठाउँमा लैजाने क्रम जारी रहेको पाइयो ।
सिर्जना टोलकी विमला कटुवालले मेरो घर चुर्लुम्म डुबेको छ, मैले पालेको कुखुरा, सुँगुरको अवस्था थाहा छैन । घर मात्र देखिन्छ, यहाँ भाटेपुल निर घर चियाएर हेर्छु र फर्किन्छु भत्रुभयो । उहाँले घर छोड्नु पर्दाको पीडा अत्यन्त कष्टकर हुँदो रहेछ, तर के गर्नु अर्को उपाय पनि छैन् , अहिलेसम्म कुनै राहत पाएको छुइन, तर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोली दिनरात काम गरिरहेको बताउनुभयो ।
यस्तै पीडा पवित्रा राईको पनि छ, उहाँले पनि आँखाबाट आसु झार्दै भत्रुभयो, कोशीमा पानी घटबढले गर्दा हाम्रो पीडा पनि त्यस्तै हुँदो रहेछ, कहिले घर फर्किएला चिन्तामा छु भत्रुभयो ।
प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले कोशी नदीले प्रभावित गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३०० जनाले राहत, उद्धारमा खटिएका छन् , आवश्यक परेमा थप जनशक्त्ति परिचालन गर्ने जानकारी दिँदै अहिलेसम्म त्यस क्षेत्रमा कुनै पनि मानवीय क्षति नभएको बताउनुभयो । उहाँले हाम्रो ध्यान त्यस क्षेत्रमा केन्द्रित छ, कुनै पनि अप्रिय घटना हुन नदिन सबै शक्त्ति लगाउने र जनतालाई उद्धार एवं मद्दत गर्ने बताउनुभयो ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोशीको पानीबाट डुबानमा परेका मानिसहरुलाई सेती खोला मावि, कोशी जनता मावि, सागपत्रे र खसी बाख्रा सेवा केन्द्रमा राखेका छु, यहाँ २५३ जनालाई दिनरात मेस सञ्चालन गरेर खाना र बासको व्यवस्था गरेको बताउनुभयो । उहाँले यसक्षेत्रका करिब सात हजार मानिसहरु आफन्तमा आश्रय लिएर बसेका छन् , अत्यन्त सर्तकता अपनाएको छु,जनतालाई थप पीडा हुन नदिन दिनरात काम गरिरहेको जानकारी दिनुभयो । उहाँले उद्धार एवं राहतमा लाग्ने सङ्घसंस्थालाई धन्यबाद दिँदै कोशीको पानी बर्षामा निर्भर रहने भएकाले बर्षासँगै हाम्रो मन चिसो हुन्छ भत्रुभयो ।
साउन १७ गते बेलुका ४ बजे बेलका स्थित कटान गरी बेलकाकै भाटेपुल क्षेत्रमा पानी प्रवेश गरेपछि त्यसक्षेत्रका जनता त्राहीमान देखिन्छ ।
प्रतिक्रिया