स्थानियको अगुवाइमा वेगनासताल राउन्ड ट्रेक निर्माण तथा सफाई अभियान सुरु

सचिन रानाभाट २०७९ साउन १४ गते १९:४८ मा प्रकाशित

वेगनास, १४ साउन – सचिन रानाभाट ,पर्यटकीय क्षेत्र वेगनासताल आउने पर्यटकहरु मुख्यत घुम्ने ठाउँ भनेको तालको ड्याम क्षेत्र, डुंगाघाट, पिप्ले तथा माझिकुना बाहेक अन्यत्र बाक्लो छैन। नजिकै डांडाहरुबाट ताल देखिने ठांउहरुमा पुग्ने या डुंगा शयरमा रमाए पनि बेलुकी पख बास बस्न भने लेकसाईड नै पुग्ने चलन छ। नजाने पनि कसरी! किनकी यहाँ घुम्ने, रमाउने र समय बिताउने ठाउँ नै छैन। ताल हेर्यो, डुंगा चढ्यो, माछा खायो, दिन बित्यो सकियो। के हेर्ने अब कता जाने अब? हो यहि प्रश्नले बारम्बार धेरैलाई घोचिरहेको छ।

यद्यपि घुम्ने ठाउँ नभएर होईन वेगनासतालको बसाई लम्ब्याउन नसकेको भने पक्कै हैन। वेगनास कोटबारीको सुर्योदय पछि यात्राको शुरूवात गर्ने हो भने कम्तिमा पनि २ दिन सम्मको बसाई लम्ब्याउन सकिन्छ यस क्षेत्रमा। वेगनास ताल वरपर राउण्ड ट्रेल निर्माण गरेर पदमार्ग तथा साईक्लिङ गर्ने, स्यान्खुदी झरना, वराह क्षेत्र, नजिकै रहेको रुपाताल र त्यसमाथि बनेको झोलुङ्गे पुल, रुपाकोट, प्रचार प्रसार कुरेर बसेको सीता गुफा, ठुलाकोट तथा कालिका र चर्चित रोयल ट्रेकको प्रवर्द्धन मात्रै गर्ने हो भने वेगनास क्षेत्रमा पनि पर्यटकको बसाई सजिलै लम्ब्याउन सकिन्छ। तर कुरा गरेजस्तो पुर्वाधारहरु पनि सोही अनुसार चट्ट बन्ने र पर्यटकहरु पनि टक्क आउने हो भने त पक्कै सम्भव छ।

करिब ३.७३ वर्ग कि. मि अर्थात ३७३ हेक्टर क्षेत्रफल ओगटेको वेगनास ताल वरपर शनिबार देखि राउन्ड ट्रेक निर्माण तथा सफाई अभियान शुरु भएको छ। पर्यटन युवा व्यबसायी कमल लामिछानेको संयोजकत्वमा वडा नं ३१, होटल रेस्टुरेन्ट एसोसिएसन, महिला समूह, युवा क्लव तथा स्थानीयहरु मिलेर करिब १ किलोमीटर बाटो सफाई तथा मर्मत गरेका छन्। करिब १६ किलो मिटर रहने मार्ग लाई पहिले पैदल मार्ग पहिल्याउने र साईक्लिङ रुट सम्म बनाउने योजना हाम्रो योजना रहेको लामिछाने बताउँछन्।

पर्यटकको बसाई लम्ब्याउन आफ्नो ठाउँमा आफैले सुरुवात गरेको उनले बताएका छन्। आगामी दिन हरुमा विभिन्न सरोकार वाला निकाय संग हप्ताको एकदिन श्रमदान मागेर भएपनी पदमार्ग पूरा गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया