नमिठो गरि पछार्छ यस्ले,
बल गरेर उठाऊंछ यस्ले,
लाचार बनाएर खुम्च्याँऊंछ यस्ले,
अनमेल सम्झौंता गराऊंछ,
यस्ले,
तुजुक देखाए, घमण्ड गरे,
आकासबाट
पातालसम्म पुऱ्याऊंछ
यस्ले !
अनुकूलतामा आँखामा राखीदिन्छ,
प्रतिकूलतामा नजरबाट झारीदिन्छ,
यस्ले,
यो परिस्थिति हो,
मान्छेलाइ विवश बनाईदिन्छ,
थांती राखेका रहरका महलहरू
गर्ल्यांड्ग गुर्लुड्ग ढालीदिन्छ,
भोलीमा पटक्कै विश्वास नगर्ने यस्ले,
सोचेको हुनदिंदैन,
नसोचेको गराईदिन्छ,
मान्छेले देखेका रंगीन सपनाहरू
खहरे खोलामा सेलाऊन लगाई दिन्छ,
जस्ले मालिक हुं भन्ने घमण्ड गर्छ
त्यसैलाई दास बनाई दिन्छ,
यो परिस्थिति हो,
चित्त बुझांऊनेलाई मिठो निन्द्रा दिन्छ,
जोरी खोज्नेलाई जागाराम गराई दिन्छ ,
यस्ले !
६/२२/२२
राजमित्र प्रांगण
माल्डेन,बोष्टन,
अमेरिका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया