शिक्षादिप कलेजद्वारा वैकिङ्ग तथा वित्तिय साक्षरता सञ्चालन शुरु

इनेप्लिज २०७९ साउन ६ गते २२:१२ मा प्रकाशित


विराटनगर ,६ साउन(रासस): शिक्षादिप कलेज विराटनगरले वैकिङ तथा वित्तिय साक्षरता कार्यक्रमको कक्षा सञ्चालन शुरु गरेको छ ।

नियमित तथा फरक तरिकाले शिक्षा दिँदै आएको कलेजले व्यवस्थापन संंकायमा अध्ययन गर्ने विद्यार्थीलाई प्रत्येक हप्ता एक पटक पाठयक्रम भन्दा वाहिर अतिरिक्त कक्षा सञ्चालन गरेको प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताउनु भयो ।

उक्त अतिरिक्त कक्षाले चार्टड एकाउण्ट(सिए), बैकिङ्ग र लोकसेवा लगायतको तयारीमा सहयोग पुग्ने उहाँले जानकारी दिनु भयो । कलेजको पहिलो सेसनमा बैकिङ्ग तथा वित्तिय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटी तथा दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजिकरण गरेको कलेजका शंकर भट्टराई बताउनु भयो ।

अहिले कक्षा १२ का ३७० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ । विद्यार्थीको वृत्ति विकास सम्बन्धि कार्यक्रमलाई नियमितरुपमा सञ्चालन गरिने भट्टराई जानकारी गराउनु भयो ।

पाठयक्रम रहेको भन्दा अतिरिक्त कक्षा सञ्चालन भएको विराटनगरमा शिक्षादिप कलेज पहिलो रहेको भट्टराईको भनाइ रहेको छ । आगामी दिनमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई समेत अरतरिक्त कक्षा सञ्चाल गरिले कलेजले जनाएको छ ।

 

प्रतिक्रिया