प्रदेश नं १ को नाम किरात हुनुपर्छ– मुख्यमन्त्री राई

इनेप्लिज २०७९ साउन ३ गते १०:३८ मा प्रकाशित

विराटनगर, ३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका नाम किरात हुनुपर्ने बताउनु भएको छ।

किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुसन्धानमुलक प्राज्ञिक पुस्तक‘ किरात सभ्यता’को लोकार्पण गर्दै उहाँले अन्य जुनसुकै शव्द आगाडि पछाडिए जोडिएपनि पहिचानको लागि प्रदेशको नाम किरात हुनुपर्ने धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले किरात रगतबाट वनेको समुदाय रहेको चर्चा गर्दै यो सबैभन्दा परानो सभ्यता भएकोले यसको आधारमा नाम राख्नु पर्ने धारणा राख्नु भयो ।

उहाँले प्रदेशको शान्ति, विकास र समृद्धिको लागि प्रदेशको नाम किरात हुनुपर्नेमा जोड दिदै अन्यथा राज्यमा द्धन्द्ध सिर्जना भै राज्य असफलता उन्मुख हुने सम्भावना रहेको तर्क राख्नु भयो ।

मुख्यमन्त्री राई प्रदेशको नाम जवरजस्ती राख्न खोजिए त्यसमा आफ्नो सहमत नहुने र सम्वैधानिक अधिकारको प्रयोग गरी रोक्ने बताउँदै नाम राख्न नसकेको जिम्मेवारी लिएर जनतामा यसको जवाफ दिने छु भन्नु भयो ।

उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैदलले आफ्नो जिम्मेवारी वोध गरी सहमतीको आधारमा प्रदेशको राख्न आग्रह गर्दै साउन २० गतेभित्र नामाकरण हुने विश्वास व्यक्त्त गर्नु भयो ।

प्रदेश नं १ सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकारणका लागि यही साउन ६ गते सर्वदलीय वैठकको आयोजना गरी सहजीकरण गर्ने बताउनु भयो ।

उहाँले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा भन्दा माथि उठी नामाकरणमा सहमती कायम गर्नुपर्नेमा जोड दिनु भयो ।

सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्वन्धमा सकारात्मक पहल गर्ने विचार राख्नु भयो ।

खानेपानी, सिंचाई तथा उर्जामन्त्री रामकुमार राईले प्रदेशको नाम दल एवं नेताहरुको प्रतिवद्धता अनुसार किरात हुनुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका सचतेक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्वन्धमा सम्पूर्ण आएका नामहरुका सम्वन्धमा गम्भिर रुपमा छलफल एवं समन्वयकारी भूमिका खेलि सहमती कायम गरिने विश्वास व्यक्त्त गर्नु भयो ।

यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई,टंक न्यौपाने, डा. भानुप्रसाद सुवेदी,नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे , संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्सालले प्रदेशको नामाकरण किरात भएमा अन्य समुदायलाई मान्य हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया