निर्वाचनमा श्रेष्ठता हासिल गर्ने–वरिष्ठ उपाध्यक्ष पोखरेल

इनेप्लिज २०७९ साउन ३ गते १०:३२ मा प्रकाशित

विराटनगर, ३ साउन(रासस):नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी हुने सङ्घ र प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्ने विषयमा हाम्रो पार्टी अघि बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलेले आगामी निर्वाचनमा नेकपा(एमाले) एक्लै निर्वाचनमा जान तयार रहेको दृढता व्यक्त्त गर्दै निर्वाचनमा स्थानीय आवश्यकता अनुसार तालमेल पनि हुन सक्ने धारणा राख्नुभयो ।

नेपालको संविधान राष्ट्रिय सहमतिको आधारमा जारी भएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेले भत्रुभयो, ‘ संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समय सापेक्ष संशोधन गर्न सकिन्छ।’

उहाँले सरकारले बोलेका कुरामा अडिग रहनु पर्ने धारणा राख्दै आगामी निर्वाचन वर्तमान सरकारले संविधान अनुरुप नै गर्ने कुरामा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार देश बनाउने, राष्ट्रिय स्वभिमान, अखण्डता र स्वतन्त्रताको विषयमा कमजोर देखिएको धारणा राख्दै प्रदेश नं १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय हो भत्रुभयो । उहाँले प्रदेशको नामकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुने किसिमको हुनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया