कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा– स्वास्थ्यमन्त्री यादव

इनेप्लिज २०७९ साउन २ गते ०:४१ मा प्रकाशित

विराटनगर,१ साउन(रासस): प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा वढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थाहरु तयारी अवस्था राखिएको बताउनु भएको छ ।

मोरङ जिल्ला कारागारमा रहेका ५४ जना कैदीबन्दीहरुमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादव सहित मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायका आज कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको निरीक्षणका तथा अवलोकनका क्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै कोभिड उपचारका कुनैकिसिमको कमि हुन नदिने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

मन्त्री यादवले कोभिडके वढ्दो क्रममा सवैको पहिला जसरी स्वास्थ्य सुरक्षा अपनाउन नागरिकहरुसँग अनुरोध गर्नु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सङ्घ र प्रदेशको संयुक्त पहल कोभिडको नियन्त्रण, उपचारका क्रियाशिल रहेको बताउनु भयो ।

उहाँले कोभिडको रोकथामका लागि सीमा नाकाबाट आउने यात्रुहरुको आवश्यक एन्टिजेन परीक्षण तथा रोकथामका लागि आवश्यक प्रचार गर्नु स्थानीय पालिकाले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

मोरङ जिल्ला कारागारमा रहेको ५४ जना सङ्क्रमित कैदीबन्दिहरुहरु मध्ये १९ जना उपचारका लागि केन्द्रमा राखिएको छ अन्यलाई आज ल्याउने जानकारी दिइयो ।

निजहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।


कारागारका रहेका बन्दिहरुमा ज्वरो तथा स्वासप्रस्वास लक्षण देखिएमा पिसिआर परीक्षण गर्ने कारागारका निमित्त प्रमुख तुलसुीराम भगतले बताउनु भयो ।

उपचारका केन्द्रमा तयारी अवस्थामा २८ साधारण, २१ आइसियु तथा ४७ एचडियु शैया रहेको छ।

प्रतिक्रिया