विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पैदल यात्रा शुरु

इनेप्लिज २०७९ असार ३२ गते ९:५३ मा प्रकाशित

विराटनगर,३२ असार । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्न एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा आजदेखि शुरु गरिएको छ।

सुनसरी वराहक्षेत्र नगरपालिका –५ वस्ने ४८ वर्षिय ओमप्रकाश वाँनियाले यहाँ एक कार्यक्रमको आयोजना गरि उक्त्त कार्यक्रमको शुभारम्भ गर्नु भएको छ।

समाजसेवी दुर्गा प्रसाईले वाँनियालाई राष्ट्रको झण्डा प्रदान गरि उल्टो पैदल यात्राको शुभारम्भ गर्नु भएको हो ।विराटनगरदेखि ताप्लेजुङ्गसम्म २०५ किलोमिटर यात्रामा छ जिल्लाहरु मोरङ, सुनसरी, झापा ,इलाम, पाँचथर र ताप्लेजुङ्ग पर्दछन् ।

वाँनियाले दैनिक ११ किलोमिटर यात्राको क्रममा २९ विभिन्न स्थानमा रात विश्राम गरी एक महिना तीन दिनमा आफ्नो यात्रा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनु भयो ।

वाँनियाको यात्रालाई आवश्यक सुरक्षा र सहयोगको लागि प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून र पर्यटन तथा संस्कृति मन्त्रालयले आवश्यक सहयोगको व्यवस्था मिलाएको छ ।

यसअघि वाँनियाले विस २०७५ मा ७७ जिल्लाको भ्रमण गरिसकेको जानकारी दिनु भयो ।

प्रतिक्रिया