न्यूयोर्कको हडसन नदीमा डुङ्गा पल्टिँदा ७ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ ।
म्यानह्याटनको पश्चिम तर्फ मंगलबार दिउँसो डुङ्गा पल्टिँदा १२ जना सवार रहेको प्रहरीले बताए ।
७ वर्षीय बालक र एक ५० वर्षीया महिला दुवै डुङ्गा मुनि फसेको न्यूयोर्क प्रहरी विभागलका सहायक प्रमुख जेम्स म्याकार्थीले मंगलबार साँझ पत्रकारहरूलाई भने। डुंगा मुनि दुबै बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई पानीबाट बाहिर ल्याईएको थियो भने उनीहरुलाई मृत घोषित गरिएको अधिकारीहरूले बताए ।
डुङ्गाका कप्तानसहित दुई जना गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्। २७ फिट अग्लो डुङ्गा परिवार र साथीभाइले भाडामा लिएका थिए ।
डुङ्गा के कारणले डुब्यो भन्ने बारेमा अनुसन्धान भै रहेको प्रहरी विभागले बताएका छन् ।
प्रतिक्रिया