अमेरिकामा लगानीकर्ता र बिरामीहरूलाई ठगी गरेको आरोपमा भारतीय मूलका रमेश “सनी” बलवानी नामक स्थापित ब्यापारी बिरुद्ध निर्णायक मण्डल(जुरी)ले मुद्धाको फैसला गरेको छ ।
निर्णायक मण्डलले एलिजाबेथ होम्सका पूर्व प्रेमी र थेरानोसका पूर्व दोश्रो ठूलो पद (सेकेन्ड-इन-कमान्ड)रमेश “सनी” बलवानी बिरुद्ध आपराधिक धोखाधडी मुद्दामा फैसला गरेको हो ।
थेरानोसका पूर्व अध्यक्ष र सीओओ बलवानीलाई चार वर्षअघि होम्ससँगै लगानीकर्ता र बिरामीहरूलाई ठगी गरेको आरोपमा अभियोग लगाइएको थियो।
असफल रक्त परीक्षण स्टार्टअपका संस्थापक र पूर्व प्रमुख कार्यकारी अधिकारि (सीईओ )होम्सलाई ११ मध्ये चार संघीय ठगी र षड्यन्त्रको आरोपमा दोषी पाइएपछि बलवानीको फैसला आएको हो ।
होम्सले थेरानोसको स्थापना १९ बर्ष उमेर हुदा गरेकी थिइन् भने उनले परम्परागत रक्त परीक्षणको भन्दा सस्तो,अझ प्रभावकारी विकल्प सिर्जना गर्ने प्रयासमा लागेकी थिइन ।
रगतको केही थोपा प्रयोग गरेर एकै स्थानबाट क्यान्सर र मधुमेह लगायतका अवस्थाहरूको लागि परीक्षण गर्न सक्षम प्रविधि विकास गरेको दाबी गरेको थियो ।
थेरानोसले अन्ततः वालमार्टको वाल्टन परिवार लगायत जस्ता प्रसिद्ध व्यक्तिहरू सहित लगानीकर्ताहरूबाट ९४५ मिलियन उठाएको थियो । साथै यसले प्रमुख खुद्रा विक्रेताहरूसँग साझेदारी पनि गर्न सफल भएको थियो ।
त्यसपछि २०१५ मा वाल स्ट्रीट जर्नल अनुसन्धान सुरु भयो जसले यसको परीक्षण विधि र प्राविधिक क्षमताहरूमा छिद्र भएको दोष लगाए पछि अझ अनुसन्धान गम्भीर रुपमा चलेको थियो ।
सिएनएनका अनुसार बलवानीको मुद्दा क्यालिफोर्नियाको सान होजेको त्यही अदालतमा भएको थियो जहाँ होम्सलाई दोषी ठहर गरिएको थियो।
बलवानीको बिरूद्ध मुद्दा बनाउनको लागि सरकारले दुई दर्जन साक्षीहरू बोलाएका थिए । उनले जानाजानी झूट बोलेका र लगानीकर्ता र बिरामीहरूलाई उनीहरूको पैसा लिनको लागि धोका दिएका थिए भनि सिएनएनले उल्लेख गरेको छ ।
सिएनएनका अनुसार होम्ससँग बलवानीको सम्बन्ध सन् २००२ मा बेइजिङमा ग्रीष्मकालीन कार्यक्रममा भाग लिँदा भेट भएको थियो। होम्सभन्दा करिब २० वर्ष जेठो बलवानीले सफ्टवेयर (तन्त्रांश)उद्योगमा र उद्यमीको रूपमा सफल जीवन वृत्ति बनाई सकेका थिए।
परीक्षणमा बचावमा साक्षी दिएपछि दुई बीचको मित्रता अन्ततः प्रेमावेशपूर्ण (रोमान्टिक) बनेको थियो। सन् २००५ मा होम्सले थेरानोसमा पूर्ण-समय काम गर्न स्ट्यानफोर्ड छोडेको वर्ष पछि जोडीहरू सँगै बसिरहेका थिए। २००९ मा बलवानीले १ करोड डलरको ऋण प्रत्याभूति पाए पछि स्टार्टअपमा औपचारिक भूमिका निभाएका थिए ।
बलवानीले २० वर्ष कारागार सजायको साथसाथै २ लाख ५० हजार डलर जरिवाना ,बिधुतिय स्थान्तरण धोखाधडी र प्रत्येक षड्यन्त्र गणनाको लागि क्षतिपूर्तिको सामना गर्नुपर्नेछ।
होम्सलाई सेप्टेम्बरको अन्त्यमा सजाय सुनाइने बताइएको छ।
प्रतिक्रिया