यति धेरै माया दिई मलाई

गोबिन्द राज ओझा (राजन) २०७९ असार २३ गते १:०२ मा प्रकाशित

यति धेरै माया दिई मलाई छोडि नजाउ तिमि
मैले दिएको पुष्प गुच्छा हातले समाउ तिमि

तिमिले दिएको माया दिलमा राखेको छु मैले
संसारका सुख ,दु:ख सबै भोग्नुपर्छ मैले
यि मेरा हातहरु समाई कसम खाउ तिमि
यति धेरै माया दिई मलाई छोडि नजाउ तिमि

तिमिले हिडेको बाटो फुलहरुले सजाएर राख्नुपर्छ
एक छिनको लागि भए पनि तिमिलाई भेटनुपर्छ
यो पल ,यो समयमा साहरा देउ तिमि
यति धेरै माया दिई मलाई छोडि नजाउ तिमि

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया