न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती

इनेप्लिज २०७९ असार २२ गते १५:२८ मा प्रकाशित

गिरिजाबाबुको ९९ औं जन्मदिनको पावन अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले दीप प्रज्वलन एवंअन्तरकृया कार्यक्रम फाउण्डेशन अमेरिकाकै कार्यालयमा एक विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री मधु आचार्य र विशेष अतिथिद्वय पु्र्व मन्त्री एंव राष्ट्रीय सभासदस्य माननीय कमला पन्त र महामहिम राजदुत एवं संयुक्त राष्ट्रसंघ IGO का उपमहसचिब श्री डेरेक डिझी हुआंग उपस्थित हुनुहुन्थ्योभने अतिथिहरूमा संयुक्त राष्ट्रसंघ धार्मिक समितिका महासचिव श्री दिलीप थंकापन, युनाईटेड शेर्पा एसोसिएशन अमेरिकाकी अध्यक्षश्री छीरीड• शेर्पा, नेपाल भिजन इन्क अमेरीकाका उपाध्यक्ष श्री किरण पौडेल, एन आर एन अमेरिका न्युयोर्ककी महिला संयोजक श्रीलक्ष्मी थापा,फाउन्डेशनका केन्द्रीय आमन्त्रित सदस्य श्री अम्बीर जोशी, हेलम्बु गाउॅं पालिकाका पुर्व अध्यक्ष गोम्बे लामा र पुर्व सदस्यपेमा लामा लगाएतको उपस्थिती रहेको थियो भने फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष श्री सोमनाथ घिमीरे को सभापतित्वमाकार्यक्रम भएको थियो भने यसै फाउण्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य श्री रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु श्री प्रेम क्षेत्री अधिकारी, श्री राजेश आचार्य र श्री ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो।

सो कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य श्री मधु आचार्यले स्व गिरीजाप्रसाद कोईरालाको तस्वीरमा खादाअर्पणगर्दै वहाँ एक कुशल राजनेता भएको र आफु वहाँबाट अत्यन्त प्रभावित भएको चर्चा गर्दै एकल जहानियाँ राणाशासनदेखी पंचायत रराजाको मनपर्दी शासन एवं माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ती सम्झौता को बाटोवाट सही निकास दिने वहाँको क्षमताबाट सबै दल रसमुदायसँग वहाँ प्रिय भएको कुरा प्रष्ट्याउनुभयो।त्यसैगरी बिशेष अतिथि एवं पुर्व मन्त्री तथा माननीय कमला पन्तले वहाँको ९९ औंजन्मजयन्तीको पावन अवसरमा फाउन्डेशन अमेरिका च्याप्टरले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन पाउँदा आफु अत्यन्तगौरवान्वित भएको र वहाँले देखाएको एकता र शान्तीको मार्गमा अगाडी लम्कनु नै वहाँप्रती वास्तविक श्रद्धांजली हुने कुरामा जोडदिनुभयो।

त्यसैगरी विशेष अतिथि महामहिम राजदुत हुआंगले नेपाल र नेपालीको हित र शान्तीको लागी स्व कोईराला सर्वप्रिय भएको र आफुलेसंयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय फोरमबाट फाउन्डेशनलाई यथासंभव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । वहाँले हालअमेरिकामा भईरहेको बन्दुक आतंक बन्द गराउन नागरिक एवं सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने हेतुले निकट भविष्यमा आफुहरुलेराजधानी वाशिंगटन डिसीमा विशेष कार्यक्रम आयोजना गर्न लागेको र सो पुनीत कार्यक्रममा साथ दिन जिपि फाउन्डेशन लगायतनेपाली समुदायहरुमा अपिल समेत गर्नुभयो। त्यसैगरी संयुक्त राष्ट्रसंघ धार्मिक समितिका महासचिव श्री दिलीप थंकापनले अहिलेकोबिश्व केबल शान्तीको मार्ग हुँदै विकासमा लम्कनुपर्नेमा जोड दिनुभयो।

युनाईटेड शेर्पा एसोसिएशनकी अध्यक्ष श्री छिरिंग शेर्पाले आफुहरू भगवान बुद्दको मार्ग हुँदै शान्ती र विकासमा लम्किएको र स्वकोईराला एक प्रेरक व्यक्तित्व भएको चर्चा गर्नुभयो।

सोही कार्यक्रममा बोल्दै नेपाल भिजन इन्कका उपाध्यक्ष श्री किरण पौडेलले संयुक्त राष्ट्रसंघ लगायतका छाता संस्थाहरूले स्वगिराजाप्रसाद कोईरालाको उच्च सम्मान गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमबारे प्रष्ट पार्दै फाउन्डेशन अमेरीकाका अध्यक्ष श्री सोमनाथ घिमीरेले कोईरालाको प्रेरक र संघर्षशील जीवनीवारे प्रष्ट्याउँदैआफुहरुले स्व कोईरालाकोनाममा स्थापित यसै संस्थाको सकृय पहलकदमीमा अन्य सामाजिक संघसंस्थाहरु सँग हातेमालो गर्दैकोरोना कहरमा खाद्यान्न,स्वास्थ्य सामाग्री, भ्याक्सीन लगायत मानवीय सहयता गरेको र सो कुरा अमेरीकी सरकारी निकायहरूले समेतउचित मुल्यांकन गरी पटक पटक पुरस्कृत गरेकोमा आफुहरु गौरवान्वित भएको र आगामी दिनहरूमा सबैलाई समेटी अझै सक्दोसामाजिक अभियानमा लागीपर्ने कुरामा जोड दिनुभयो।

उपाध्यक्ष श्री सुवर्ण लामाले स्वर्गीय गिरिजाबाबुले देखाएको सहमति,सहकार्य र एकता नै मुलुकको खाँचों भएको कुरा प्रष्ट्याउनुभयो।करीब २ घन्टा चलेको सो कार्यक्रममा नेपालको विकास, वर्तमान समसामयिक राजनीतिक परिवेश, प्रवासी नेपालीहरूका माग, दोहोरोनागरीकता लगायत आम चासोको बिषयमा समेत छलफल भएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले बताउनुभयो। यसकार्यक्रमका लागी चियापानको व्यवस्था टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राईटर एंव यसै फाउण्डेशनकी कार्यसमिती सदस्य श्री रेखाश्रेष्ठले गर्नु भएको थियो।

 

यसैगरी ४ जुलाईका दिन अर्थात अमेरिकी राष्ट्रीय स्वतंत्रता दिवसको पावनदिन पारी फाउन्डेशन परीवारले न्युयोर्क लंगआईल्याण्डस्थित सन्किन मिडो पार्कमा भव्यताका साथ वार्विक्यु एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिक्रिया