अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर

इनेप्लिज २०७९ असार २१ गते २१:५३ मा प्रकाशित

अमेरिकी न्याय विभागले एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर गरेको छ ।

न्याय विभागले मंगलबार जुलाई ५ का दिन एरिजोना राज्यलाई राज्यमा मतदान गर्नको लागि दर्ता गर्न नागरिकताको प्रमाण चाहिने कानूनलाई रोक्न मुद्दा हालेको छ ।

एरिजोनाका गभर्नर डग ड्युसीले गत मार्चमा हस्ताक्षर गरेको यो कानून जनवरीमा लागू हुने छ।

मुद्धाका अनुसार सर्वोच्च अदालतले २०१३ मा नागरिकताको प्रमाण चाहिने एरिजोनाको अघिल्लो प्रयासलाई अस्वीकार गरेको थियो ।

न्याय विभागले यो नयाँ कानूनले राष्ट्रिय मतदाता दर्ता ऐनको उल्लङ्घन गरेको आरोप लगाएको छ । बिभागले तर्क गर्दै संघीय चुनावमा मात्र नागरिकताको दस्तावेज प्रमाण चाहिन्छ भनेको छ ।

प्रतिक्रिया