जसपा फुट्ने निश्चित जस्तै : बाबुराम र उपेन्द्र छुट्न सहमत
काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग्गिन सहमत भएका छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिएका निर्णायक नेताहरुले साथ छोडेपछि पार्टी फुट्ने निश्चित जस्तो भएको हो । वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादवलगायत नेताहरुले डा. भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेको एक नेताले बताएका छन् ।
डा. भट्टराई संसदीय दलमा मात्रै होइन, कार्यकारिणी समितिमा पनि अल्पमतमा परेका छन् । जसपामा १९ सांसद छन् भने ३३ जना कार्यकारिणी सदस्य छन् । बाबुराम भट्टराईको पक्षमा खुलेका मोहम्मद, प्रदीप अशोक लगायतका नेता र उनीहरुको पक्षमा रहेका अन्य नेताहरुले उनी बहुमतमा थिए ।
पार्टीभित्र अल्पमतमा परेका भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नु पर्ने प्रस्ताव भट्टराईले राखेका थिए ।
त्यसमा अध्यक्ष यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरेका छन् । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा भए नरोक्ने जवाफ दिएको उनी निकट स्रोतले बताएको छ ।
नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर अहिलेसम्मको अवस्थामा यादव पक्षको बहुमत भएकाले जसपाको आधिकारिकता उनीसँग रहने देखिएको छ ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया