अमेरिकी सेनाद्वारा सिरियामा हवाई आक्रमणबाट वरिष्ठ आतॅकवादी नेता मारिए

इनेप्लिज २०७९ असार १४ गते १६:५५ मा प्रकाशित

अमेरिकी सेनाले सोमबार सिरियामा गरेको हवाई आक्रमणमा एक वरिष्ठ आतंकवादी नेता मारिएको सैन्य अधिकारीहरूले बताएका छन्।

युएस सेन्ट्रल कमाण्ड (सेन्टकम- अमेरिकी केन्द्रिय नेतृत्व)ले आक्रमणको निशाना अबु हमजाह अल यमनी अल-कायदासँग सम्बद्ध आतंकवादी समूह हुर्रास अल-दिन भनिने एक वरिष्ठ नेता रहेको बताएको छ।

आक्रमणको समयमा नेता इडलिब प्रान्तमा भटभटे(मोटरसाइकल) एक्लै सवार थिए ।

हुर्रास अल-दिन जस्ता हिंसात्मक समूहहरूले अमेरिका र यसका सहयोगीहरूका लागि निरन्तर खतरा सृजना गरेको छ भनि बिज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस वरिष्ठ नेतालाई हटाउनुले हाम्रा साझेदार अमेरिकी नागरिकहरू र विश्वभरका निर्दोष नागरिकहरू विरुद्ध आक्रमण गर्ने अलकायदाको क्षमतालाई बाधा पुर्‍याउनेछ।”

प्रतिक्रिया