युरोपको भ्रमणमा रहेका राष्ट्रपति जो बाइडेनले आइतबार बिहान कीभमा रुसले गरेको क्षेप्यास्त्र प्रहारलाई “बर्बरता” को संज्ञा दिएका छन ।
जर्मनमा भै रहेको आधिकारिक जी-७ स्वागत समारोहमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगै उभिए पछि एबीसी न्यूजका करेन ट्राभर्सले आवासीय क्षेत्रमा भएको आक्रमण प्रति कुनै प्रतिक्रिया छ कि भनि प्रश्न गर्द “हो, यो उनीहरूको बर्बरता हो,” बाइडेनले भने।
आइतबार बिहान मध्य कीभ नजिकैको शेभचेन्किभ्स्कीमा रहेको एउटा आवास गृहमा (अपार्टमेन्ट ब्लक)मा क्षेप्यास्त्र (मिसाइल)प्रहार हुँदा कम्तिमा एक जनाको मृत्यु भएको र ५ जना घाइते भएका छन ।
अरूलाई भग्नावशेषमा फसेको स्थानीय अधिकारीहरूले बताएका छन भने उद्धार कार्य जारी रहेको छ ।
प्रतिक्रिया