दक्षिण अफ्रिकाको एक रक्सी भट्टीमा २२ जनाको मृत्यु

इनेप्लिज २०७९ असार १२ गते १६:१७ मा प्रकाशित

दक्षिण अफ्रिकाको एक रक्सी भट्टीमा २२ जनाको मृत्यु भएको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपतिले बताएका छन्।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार पूर्वी लन्डनमा एउटा मधुशालामा (रक्सी भट्टी ) मारिएका २२ व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

रामाफोसाले पीडित किशोरहरु कति वर्षका थिए भन्ने स्पष्ट नभएको बताए । यसअघि आइतबार इस्टर्न केप प्रान्तीय स्वास्थ्य विभागका प्रवक्ता सियान्दा मनानाले मृतकको शव १८ देखि २० वर्षका बीचको रहेको बताएका थिए ।

विज्ञप्तिमा भनिएको छ, राष्ट्रपतिले त्रासदीको अनुसन्धानपछि कानूनले आफ्नो बाटो लिने अपेक्षा गरेको लेखिएको छ ।

घटनाको कारण अहिले अनुसन्धान भइरहेको पूर्वी केप प्रहरीका प्रवक्ता थेम्बिन्कोसी किनानाले यस अघि सिएनएनलाई बताएका थिए ।

प्रतिक्रिया