जी-७ राष्ट्रहरूले रूसी सुन आयातमा प्रतिबन्धको घोषणा गर्ने

इनेप्लिज २०७९ असार १२ गते १२:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्युनिखमा हुने जी-७ शिखर सम्मेलनमा विश्वका धनी राष्ट्रका नेताहरूले रूसी सुन आयातमा प्रतिबन्धको घोषणा गर्ने बताएका छन्।

संयुक्त राज्य अमेरिकाले पूर्वी लुहान्स्क क्षेत्रमा क्षेत्रीय लाभ हासिल गरेपछि आइतबार युक्रेनको राजधानी कीभमा क्षेप्यास्त्र आक्रमण गर्ने मस्कोको प्रतिबन्धलाई कडा पार्ने उद्देश्यका साथ सात समूह (जी-७) राष्ट्रहरूले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएको छ। ।

“जी-७ हामी ,रूसी सुनको आयातमा प्रतिबन्ध लगाउनेछौं, जुन रूसको लागि दशौं अर्ब डलरको ठूलो निर्यात हो,” राष्ट्रपति जो बाइडेनले बताए ।

यो निर्णय बेलायतको पहलमा भएको हो भने यस्का सदस्यहरू क्यानडा, जापान र अमेरिकाले साथ दिए पछि सम्भव भएको हो । अल जजिराले नाम नछाप्ने सर्तमा बोल्ने एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिका अनुसार जी-७ ले आगामी मंगलबार देखि सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ ।

प्रतिक्रिया