विराटनगर,१२ असार(रासस): युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो।
जिल्ला प्रशासन कार्यालय मोरब, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५ औं लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय मोरबबाट निकालिएको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
प्रभातफेरीमा विभिन्न कार्यालयका कर्मचारी,सशस्त्र प्रहरी,नेपाल प्रहरी, विभिन्न विद्यालयका छात्रछात्राहरु, लागु औषध नियन्त्रण क्षेत्रमा कार्य गर्ने विभित्र सङ्घसंस्था र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
स्थानीय ट्राफिक चोकमा आयोजित कोण सभामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीन तहको सरकारको लागु औषध नियन्त्रणमा कार्य गर्नुपर्नेमा जोड दिदै लागु औषधको प्रयागले समाज अपराध,यौनजन्य हिंसा वृद्धि हुनाले नियन्त्रणका लागि हामी सबैको कर्तव्य भएको बताउनु भयो।
नव ज्योति पुर्नस्थापना केन्द्र विराटनगरका सुशील रिजाल लगायतले लागु औषध प्रयोग गर्ने स्थान जाने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो।
प्रतिक्रिया