फिलिपिन्सका एक सरकारी वकिललाई फिलाडेल्फिया भ्रमण गर्ने क्रममा उबरमा गोली हानी मारिएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्।
जोन अल्बर्ट लेलो आफ्नी आमासँग फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा जादै गर्दा उनि माथी गोली प्रहार गरिएको थियो।
गत शनिबार बिहान ४:१० बजे पेन्सिलभेनिया विश्वविद्यालय नजिकै रातो बत्तीमा उबरमा रोकिएको समयमा उनिलाई गोली हानिएको अधिकारीहरूले भने।
पछाडि रहेको कालो कार( गाडी)बाट उबरमा धेरै पटक गोली प्रहार गरिएको प्रहरी बिभागले जनाएको छ ।
लेलेलाई टाउकोको पछाडि गोली लागेको र अस्पताल लगिएको थियो, जहाँ उनलाई आइतबार मृत घोषित गरिएको प्रहरीले बताए।
कसैलाई पनि पक्राउ गर्न नसकेको र हतियार पनि फेला नपरेको प्रहरीले जनाएका छन । अनुसन्धानकर्ताहरूले अनुसन्धान गरिरहेका छन भनि एविसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया