सुरेन उप्रेती अटवा । जून ११ २०२२ शनिवारका दिन स्रस्टा साँझ अमेरिकाको रचना, संगीत तथा स्वर कार्यक्रम संम्पन्न भयो। नेपाली समय आइतबारको बिहान सातबजे, त्यस्तै अमेरिकी सेण्ट्ररल समय साँझको आठ बजे कार्यक्रम शुरू भएको थियो । ईनेप्लिज डटकम र स्रस्टा साँझ अमेरिकाको फेसबुकमा प्रत्यक्ष प्रसारण भएको कार्यक्रमलाई संचालक द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले सन्चालन गरेका थिए ।
नेपाली गीत, संगीत र गायनलाई अझ साँगितिक आकाशमा फैलाउनका लागि यो कार्यक्रमको थालनीभएको हो । स्रस्टाहरूको पहिचानलाई स्थापना गराउँनका लागि स्थापना भएको यो कार्यक्रम महिनाको एक पटक हुन्छ भनेर कार्यक्रमका प्रस्तोताले बताउनु भयो । प्रथम श्रृङ्खलामा गीतकार राधाकृष्ण काफ्ले संगीतकार नारायण ओली र प्रशिद्ध गायक रविन शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको दोश्रो श्रृङ्खलामा गीतकार डाक्टर विश्वम्भर प्याकुरेल र गायक तथा संगीतकार शम्भुजित बास्कोटा हुनुहुन्थ्यो । तेश्रो श्रृङ्खलामा संगीतकर्मी जुजु गरूङ र लिलु गरूङ जोडिनु भएको थियो । कार्यक्रमको चौथो श्रृङ्खलामा गीतकार संगीतकार र गायक डाक्टर भोला रिजाल सरिक हुनुहुन्थ्यो । त्यस्तै पाँचौँ श्रृङ्खलामा गायिका निशा देशार र गीतकार नूतन भूषाल जोडिनु भएको थियो । यसरी कार्यक्रमको जानकारी दिँदै कार्यक्रममा आफ्नो परिचय दिँदै र कार्यक्रमको उधेश्यका बारेमा प्रकाश पार्दै छैटौँ श्रृङ्खला शुरू भएको थियो ।
यस श्रृङ्खलाका अतिथिहरूमा पूर्वी नेपालको तेह्रथुम जिल्लाको ईसिबु गाविसबाट हुनु हुन्छ । हाल क्यानडाको टोरण्टोमा बशोबास गर्दै आउनु भएकी गीता भेटवाल तेह्रथुमको फेदाप पाँचमा पिता काशीनाथ भेटवाल र माता ईस्वरादेवी भेटवालकी दौश्रो सन्तानका रूपमा जन्मिनु भएको थियो । प्रथम पाठशालाका रूपमा आमाको सहयोगमा डिको समाउनु भएको थियो । गीता भेटवालले प्राथमिक शिक्षा गाउँकै जलेश्वर प्रावी र माध्यमिक शिक्षा ईसिबू हाई स्कुलमा अध्ययन गर्नु भएको थियो । सानै उमेर देखि नाचगानमा विछट्टै प्रतिभाशाली भेटवालले कक्षा पाँचमा हुँदा बिधालयमा गीत प्रस्तुत गर्नु भएको थियो । विधालयका सांस्कृतिक कार्यक्रममा प्रथम स्थानलाई सँधै सुरक्षित रहन्थ्यो । कक्षा आठ पढ्दा देखि नै राजनितिमा लागेर महिला सदस्य भएर गाउँ हाँक्नु कम चानचुनै कुरा थिएन । उहाँको “जन्म दिने हे मेरी आमा”को गीतमा रचना, संगीत र स्वर आफ्नै रहेको छ । “तेह्रथुमको डाँडैमा” अर्को चर्चित गीत हो । यसमा पनि रचना र स्वर
दिनुभएको छ । त्यस्तै गौँथला, तमोर खोला, देउराली डाँडा, पूर्वैमा राम्रो तेह्रथुम हाम्रो, संगीनी गीतहरू रहेका छन्। उहाँका मुनाका बेदनाहरू, राष्ट्रकवि भेट्दा, क्षितिज र चन्द्रमा, जस्ता पुस्तकहरू छन् । अब नौवटा पुस्तक र २५वटा गीतहरू निस्कने क्रममा रहेका छन् ।
यस श्रृङखलाका अर्का अतिथिहरूमा पूर्वी नेपालको तेह्रथुम आठराईको ईवामा जन्मनु भएका गीतकार संगीतकार र गायक भानु ओली हुनु हुन्थ्यो । नेपाली लोकगीत र लोक संस्कृतिको उत्थानमा करिब दुईदशक देखि निरन्तर लाग्नु हुने ओलीले २०६५सालमा रेडियो नेपालबाट स्वर परिक्षणमा पास गर्नु भएको थियो ।२०६८ सालमा लोकतन्त्र दिवशको उपलक्षमा भएको राष्ट्रव्यापी लोकगीत प्रतियोगीतमा द्धितिय स्थान प्राप्त गरी राष्ट्रपतिबाट सम्मानित हुनु भएको थियो । २०६८ सालमै डुवर्ग ईमेजबाट सर्वोत्कृष्ट लोकगीत बर्ष पुरस्कारबाट सम्मानित हुनु भएको थियो । त्यस्तै २०६९मा हिटस् एफएम लोकमाला लोकगीत अल्वममासम्मानित हुनु भएको थियो । उहाँका दर्जनौ गीतहरूमा बिभिन्न गायकहरूले स्वर दिनु भएको छ भने सयौँ गीतमा स्वर र संगीत दिनु भएको छ । उहाँ संस्कृति शिक्षा फाउण्डेसन संस्थाको महासचिव हुनु हुन्छ भने लोकसंस्कृति र बाध्यवादनको प्रशिक्षक पनि हुनु हुन्छ । २०१८सालमा ३६५जना गायकले गीत गाउँदा उहाँ पनि त्यसमा सरिक हुनु हुन्थ्यो । जुन गीत गिनिज वर्ल्डबुकमा दर्जभएको छ ।
उक्त कार्यक्रममा दुबै गीतकार र गायकले पूर्वेली लोकलयका मिठा मिठा गीतहरू गाएर सुनाउनु भएको थियो । गीता भेटवालले जन्म दिने फूलमाला गाँसेर सैंगै बँचौ हाँसेर “हे मेरी आमा” “संगिनी” “मायाले बोलाएझैँ लाग्यो मलाई” दिपक बस्नेतको शब्दलाई रचना रिमाल र भानु ओलीको स्वरका गीतलाई गाएर सुनाउनु भयो । २०६५ सालको रेडियो नेपालमा गाएको गीत काभेली दोभान र पंचैबाजा गीत गाएर श्रोता तथा दर्शकलाई मन्त्रमुग्ध बनाउनु भयो ।
लोकगीत र नेपाली संस्कृतिलाई जोगाई राख्ने श्रेय भनेकै प्रवासी नेपालीहरूलाई जान्छ । दार्जिलिङ सिक्किम असम र बिभिन्न देशमा रहेका नेपालीहरूले नेपाली संस्कृतिलाई संरक्षण दिएर राख्नु भएको छ श्रीओलीले भन्नु भयो । जती टाढा भयो नेपालको जन्मस्थानको माया झन गाढा हुन्छ । नेपालमा भएका गतिविधि प्राकृतिक प्रकोपले प्रवासी मन छिया छिया हुन्छ । बाह्र घण्टा काम गरेर फर्किए पछी नेपालको समाचार नसुनी सुत्न सक्दैनन् प्रवासका नेपालीहरू । परिस्थितिले पुर्याएको हो । अस्थितर परिस्थिति र बेरोजगारले बिवस बनेर देश छाडेको हो । ह्रृदयमा नेपाल बोकेका हुन्छन् । प्रवासमा गएर र नेपालबिर्से भन्नेहरूलाई गायिका गीता भन्नुहुन्छ ।
गीत रचना गर्ने सर्जकहरू भनेका वालकका जन्मदाता आमा जस्तै हुन । त्यस पछी बालकलाई शिक्षा दिक्षा दिने र योग्यबानाउने स्कुलहरू जस्तै हुन संगीतकर्मीहरू । गायकहरू भनेका योग्यभएको व्यक्तीहरूलाई बाहिरी दुनियाँ सँग परिचित गराउँने संघसँस्था, कार्यालयहरू आदि जस्तै हुन । सबैको उत्तिकै महत्व, पहिचान र परिचयको आवश्यक्ता पर्दछ । संचार माध्यमहरूले सबैलाई उत्तिकै प्रोत्शाहन दिनु पर्नेकुरामा एक्यबद्धता भयो ।
कार्यक्रममा ईनेप्लिज डटकमको फेसबुकलाईभबाट प्रतिक्रिया दिने सबै सहभागीहरूलाई संचालक द्धय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले धन्यबाद दिनु भयो । अतिथि भानु ओली र गीता भेटवाललाई समय रमिठा गीत प्रस्तुतिका लागि धन्यबाद दिनु भयो । त्यस्तै गरी मिडिया सहयोगी ईनेप्लिज परिवार र बिजय थापालाई पनि धन्यवाद दिनु भयो ।
प्रतिक्रिया