बेलायती सरकार रुस समर्थक अदालतले बेलायती नागरिकहरूलाई सजाय सुनाएकोमा “गम्भीर चिन्तित” भएको बेलायती प्रधानमन्त्रीका उप-प्रवक्ताले बिहीबार सिएनएनलाई दिएको वक्तब्यमा भने।
स्वघोषित डोनेट्स्क जन गणतन्त्रको एक अदालतले बिहीबार तीन पुरुषहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । बेलायती नागरिक एडेन अस्लिन र शन पिनर र मोरक्कन नागरिक ब्राहिम सादौने जसले युक्रेनको लागि “भाडामा काम गर्ने” भएको आरोप लगाएको रुसी सरकारी संचार माध्यम रिया नोभोस्टीले बताएको छ ।
“हामीले निरन्तर भनेका छौं कि युद्धबन्दीहरूलाई राजनीतिक उद्देश्यका लागि शोषण गर्नु हुँदैन। जेनेभा सम्मेलन अन्तर्गत युद्ध बन्दीहरू लडाकू उन्मुक्तिको हकदार छन्, र ,उनीहरूलाई शत्रुतामा भाग लिएको कारण मुद्दा चलाउनु हुँदैन,” प्रवक्ताले भने।
प्रवक्ताका अनुसार “हामी युक्रेनी सशस्त्र बलमा सेवा गरिरहेका र युद्ध कैदीको रूपमा हिरासतमा रहेका कुनै पनि बेलायती नागरिकको रिहाइको प्रयास र सुरक्षित गर्न युक्रेनी अधिकारीहरूसँग काम गरिरहनेछौं,”
बेलायती विदेश सचिव लिज ट्रसले बिहीबार अस्लिन र पिनरको सजायको “पूर्ण निन्दा” गर्दै उनीहरु “युद्धका कैदीहरू” हुन् भनिन ।
“यो बिल्कुल कुनै वैधता बिनाको एक जाली निर्णय हो। “उनले ट्विटरमा भनिन्।
प्रतिक्रिया