सङ्घीयतालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्छ–मुख्यमन्त्री राई

इनेप्लिज २०७९ जेठ २६ गते २३:०३ मा प्रकाशित

विराटनगर,२६ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्ने बताउनु भयो ।

प्रदेश नं. १ का स्थानीय तहका प्रमुख, अध्यक्ष,उपप्रमुख तथा उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको आज यहाँ आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा उहाँले सङ्घीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले सङ्घीयताको जग नै स्थानीय तह भएको बताउँदै सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै जोश र होस पुर्याएर काम गरेमा सफलता अवश्य प्राप्त हुने धारणा राख्नु भयो ।
मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्राटुक्री योजनाका नाममा कनिका झै बजेट छर्ने दुवै काम उचित नहुने विचार राख्नु भयो ।

।।।एउटा प्रसिद्ध भनाइ छ कि, ।।।एकैसाथ दश औंलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’ मुख्यमन्त्री राईले भन्नुभयो–।।।सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस् ।’

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका १३७ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष,उपप्रमुख र उपाध्यक्षहरूलाई निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन सहितको प्रमाणपत्र प्रदान गर्नुभयो । तालिम समापनका अवसरमा सहभागीहरूका तर्फबाट खोटाब जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताब गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरग जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले अभिमूखीकरण कार्यबाट पालिकामा कार्यगर्न लाभदायक हुने विचार राख्नु भयो । प्रदेशका प्रमुख सचिव डा. रामप्रसाद घिमिरले जनप्रतिनिधिहरुले जनतालाई सर्वोर्परी ठानी कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया