विराटनगर, २३ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राससलाई सबल,सक्षम एवं सुदृढीकरण गर्न सहयोग गर्ने प्रतिवद्धा जनाउनुभएको छ ।
राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ कार्यालय विराटनगरको आज निरीक्षण एवं अवलोकनगर्दै उहाँले समाचार मात्र पस्किने यो संस्था बलियो भएमा आम नागरिक पनि लाभान्वित हुने धारणा राख्नुभयो ।
सूचना र सञ्चारको समयमा राससलाई समय अनुकुल बनाउनु पर्ने भन्दै सत्य, तथ्य एवं निस्पक्ष समाचारका लागि ख्याति कमाएको यो संस्था बलियो हुनु पर्ने धारणा राख्नुभयो ।
सो अवसरमा रासस प्रदेश नं १ कार्यालय प्रमुख मोहम्मद सदरुलले राससको भौतिक सम्पति एवं समाचारका विविध पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया