विराटनगर,१५ जेठ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले नागरिकमा चेतना जागृत गराई समाजमा रहेको विभेद गर्नुपर्ने बताउनु भयो ।
सङ्कल्प नेपालद्वारा आज यहाँ आयोजित सामाजिक विभेद र साहित्य एवं सम्मान कार्यक्रममा उहाँले सबै नेपालीहरुले सुन्दर, समृद्ध नेपाल बनाउनका लागि सबै प्रकारका विभेद अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो।
मन्त्री राईले विभेद अन्यको महत्वपूर्ण माध्यम साहित्य रहेको चर्चा गर्दै यसले सर्वसाधारणलाई उर्जा र प्रेरणा दिने धारणा राख्नु भयो।
पूर्व सांसद खेम नेपाली,सामाजिक अभियन्ता वसिम आलम,साहित्यकार सविता गौतम दाहाल र मानवअधिकारकर्मी सन्जु साहले विभेदले मुलुकको प्रगतिको ढोका बन्द गर्ने हुनाले यसको अत्यमा हामीसबैको महत्वपूर्ण योगदान हुनुपर्ने धारणा राख्नु भयो।
सो अवसरमा मन्त्री राईले कोभिड महामारीको सयममा मानवीय सेवामा महत्वपूर्ण सहयोग गर्ने विभिन्न सङ्घसंस्थाहरुलाई सम्मान गर्नु भएको थियो।
प्रतिक्रिया