विराटनगर,१४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जनताको वलिदान एव दुःखकष्टबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामीसबै लाग्नु पर्नेबताउनु भएको छ।
उहाँले १५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा आज पूर्वाञ्चाल बालसेवा आश्रमविराटनगर–१३ मा फलफूल बितरण गर्दै धारणा व्यक्त्त गर्नु भएको हो ।
मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि वढ्दै गैरहेको जसको फलस्वरुप नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तरमा वृद्धि भैरहेको बताउनु भयो ।
उहाँले राज्यको कुनै लगानी नभएको आश्रममा जनसहयोगबाट सञ्चालनलेमुलुकलाई आगाडि वढ्न मार्गदर्शन कायम हुने धारणा राख्नु भयो ।
मुख्यमन्त्री राईले आश्रममा दुःख पाएका जेष्ठ नागरिक र बालवालिकाहरुको सेवा गर्नु अहिले अवस्थामा त्यो साक्षात भगवान सरह हुने विचार राख्नु भयो ।
उहाँले आश्रमलाई आवश्यक पर्ने सहयोग र सवारी साधनको व्यवस्था आगामी बजेटबाटसम्वोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री राईले मुलुक गरिव रहेको र विकास निर्माण कार्य वैदशिक सहयोग र राजश्ववाट सञ्चालन हुने भएको चर्चा गर्दै विकासको गति क्रमशः हुदै जाने र जनताको चाहनापुरा गर्दै जाने बताउनु भयो ।
आश्रमकी सस्थापक अध्यक्ष सीता पोखरेलले मुठ्ठी दान र दैनिक रु दुई संकलनवाटआश्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।
विस २०४४ स्थापित उक्त्त आश्रम दुई विघा पाँच कठ्ठा क्षेत्रमा रहेको र तीन वर्षदेखि ९०वर्षसम्मका ८० जना बालवालिका देखि वृद्ध वृद्धाहरुले आश्रय लिइरहेका छन् ।
प्रतिक्रिया